समाचार

बाँकेको अम्बे स्टिलमा भीषण आगलागी, १ करोड ५६ लाखको क्षति

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार राति करिब १:३० बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक विवरण छ। नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा करिब एक घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा […]

मनोरञ्जन

पारिश्रमिक विवादमा दुर्गेश थापाले सार्वजनिक गरे लिखित प्रमाण, आनन्द कार्कीको अभिव्यक्तिपछि दिए स्पष्टीकरण

काठमाडौं । वरिष्ठ गायक आनन्द कार्कीले पारिश्रमिक नपाएको विषयमा दिएको अभिव्यक्ति चर्चामा आएपछि गायक दुर्गेश थापाले लिखित सहमति पत्र सार्वजनिक गर्दै स्पष्टीकरण दिएका छन्। दुर्गेशका अनुसार ‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरेका कलाकारहरूले गीत सार्वजनिक हुनुअघि नै सहमतिअनुसार पारिश्रमिक प्राप्त गरिसकेका थिए। उनले यससम्बन्धी हस्ताक्षरयुक्त सहमति पत्रसमेत सार्वजनिक गरेका छन्।२०८१ भदौ १५ गते सार्वजनिक उक्त […]

सलमान खानलाई मन्दिरमा आएर माफी माग्न बिश्नोई समुदायका नेताको आग्रह

मुम्बई।बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनापछि अभिनेता सलमान खान र बिश्नोई समुदायबीचको पुरानो विवाद पुनः चर्चामा आएको छ। जोधपुरका बिश्नोई समुदायसँग सम्बन्धित नेता देवेन्द्र बुडियाले सलमान खानलाई मन्दिरमा आएर समुदायसँग माफी माग्न आग्रह गरेका छन्। भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले माफी माग्दैमा कसैको प्रतिष्ठा घट्ने नभई संवादमार्फत विवाद समाधानको बाटो […]

स्वास्थ्य

कोहलपुरमा पिटिएका स्वास्थ्यकर्मी हिरासतमै गम्भीर बिरामी

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि आएकी २२ वर्षीया युवतीको संवेदनशील अंगमा छोएको आरोपमा कुटिएका स्वास्थ्यकर्मी (सीएमए) गणेशबहादुर थापा प्रहरी हिरासतमै गम्भीर बिरामी परेका छन्। ६२ वर्षीय थापाको मुटुमा समस्या देखिएपछि उनलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा भर्ना गरी उपचार गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख शिवप्रसाद खत्रीका अनुसार सोमबार अचानक मुटुको […]

दैनिक केरा खानेहरू सावधान! धेरै खाँदा हुन सक्छ यस्तो समस्या

स्वस्थ वयस्कले सामान्यतया दिनमा २ देखि ३ वटा केरा खान सक्छन्। सन्तुलित खानाको हिस्साका रूपमा खाँदा केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। तर धेरै केरा खानाले तौल बढ्नुका साथै पोषणमा असन्तुलन हुन सक्छ। केरामा पोटासियम, भिटामिन C, भिटामिन B6 र म्याङ्गानिज जस्ता पोषक तत्व पाइन्छन्। तर सबैका लागि धेरै केरा खानु उपयुक्त हुँदैन। धेरै केरा खाँदा […]

बीपी प्रतिष्ठान भन्छ– ‘PICU बेड खाली नभएकाले अन्यत्र रिफर गरियो

धरान । इटहरी–१ निवासी ८ वर्षीया अशवाना चौहानको सर्पदंशबाट मृत्यु भएको घटनाप्रति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानद्वारा जारी विज्ञप्तिअनुसार भदौ २४ गते सर्पले टोकेर अर्धचेत अवस्थामा ल्याइएकी बालिकालाई बच्चा आकस्मिक कक्षमा तत्काल उपचार सुरु गरिएको थियो। उपचारका क्रममा चिकित्सक टोलीले इन्टुबेसन, एन्टी–स्नेक भेनम, नर्मल सलाइनलगायत आवश्यक उपचार गरेको […]

भिडियो

अन्तर्वार्ता

युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो

जेनजी आन्दोलनको तीन महिनापछि एमनेस्टी इन्टरनेशनल नेपालले त्यतिबेलाको दमन र बल प्रयोगबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो । चेतावनी सहित संयमतापूर्वक गैरघातक बल प्रयोग गर्नुपर्नेमा युद्धकालमा प्रयोग हुने हतियारहरूको अन्धाधुन्ध प्रयोगलाई एमनेस्टीले ‘गैरकानूनी काम’ भनेको छ । एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासँग प्रतिवेदनका विषयवस्तुमा केन्द्रित भएर अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश : धकेलाधकेल […]

भर्खरै