मेयर तिलक राईले नगरपालिका निम्त्याएर इदको शुभकामना दिए
धरान /धरान उपमहानगरका मेयर तिलकराईले मुस्लिम समुदायको महान चाड इदुल अझा (बकर इद) को शुभकामना उपमहानगरको सभा हलमा नै निम्त्याएर दिएका छ्न ।
बहुजातिय बहुभाषिक बहुधर्म भएको देश नेपालमा मुस्लिम समुदाय इस्लाम धर्म मान्ने गरिन्छ । बुधबार मेयर राईले धरानमा रहेका मुस्लिम समुदायलाई निमन्त्रणा गरेर सामुहिक रुपमा शुभकामना दिएको कुरा मेयरका प्रेस संयोजक पारस चाम्लिङले जानकारी दिए । मेयर राई सार्वजनिक रुपमा समेत प्रेस बक्तब्य जारी गरेर शुभकामना दिएको छ ।
मेयर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ‘ईद ऊ अजहा’ अर्थात् ‘ईद उल अजहा’ (बकर ईद) को अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम समुदायका आमाबुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मेयर राईले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिमबाट जोगिन र सावधानीपूर्वक रहि, सामाजिक दुरि कायम राखी आ–आफ्नो परिवारबिच शान्त वातावरणमा ‘बकर ईद’ पर्व मनाउन समेत अनुरोध गर्नुभएको छ । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्वपूर्ण मानिन्छ । बकर ईद पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी पर्वले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।
‘बकर ईद’ पर्वले सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत धरान निर्माणको दिशामा अगाडि बढ्न समेत मेयर राईले आग्रह गर्नु भएको छ । मेयर राईले ‘बकर ईद’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मालम्वीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वास प्रकट गर्नु भएको छ ।
केपि ओलिको सरकार गठन पश्चात् विभिन्न जाती समुदायको चाडपर्वमा दिइदै आएको एकदिने सार्वजनिक बिदा कटौती गरिएका थिए । शेरबहादुर देउबाको सरकार आएको केही दिनमा परेको इद पर्वमा देश्ब्यापी सार्वजनिक बिदा दिएको छ ।
अन्तर्राष्ट्रिय रुपमा इदको समयमा पशुको बलि दिने गरिन्छ । यसरी बलि दिएको केही भागलाई आफू भन्दा बाहिरी छिमेकी इष्टमित्रहरूलाई बितरण गर्ने गरिन्छ । बकर इदमा अरब देशमा राष्ट्रिय जनावर उँठको समेत बलि दिइन्छ । त्यसैगरी गाई,गोरु,राँगा,खसी,बोका लगायतको पनि बलि दिएर इद पर्व मनाईन्छ ।