आमा अर्कोसँग भागेपछि नानीहरुको बिचल्ली, छोरीले खोलिन् आमाको पोल (भिडियो)
पाँचथरको तुम्बेअ गाउँपालिका देखि एकजना लोकेन्द्र मगर भन्ने व्यक्ति आफ्नो श्रीमती सम्झना मगर दुई छोराछोरी एकजना सात वर्षको छोरी र अर्को दुई वर्षको छोरा छोडेर आफ्नो भएको सम्पत्ति सहित गत श्रावण ५ गतेदेखि हराइरहेकि छ भन्दै खोजी दिन आग्रह गर्दै हामीकहाँ आइपुगेका छन् ।
उनकी श्रीमती त्यसदिन दिउँसो १ बजे तिर घरबाट निस्केर हिँडेकी रहेछिन् । उनी घरबाट निस्कँदा एक्लै निस्केकी र पारी तुम्बेअ वडा नं. ४ स्थित उनको अङ्कलको घरमा बास बसेकी रहेछिन् । अङ्कल आण्टीले यति राती के भएर सानो नानी छोडेर आइस भनेर सोधपुछ गर्दा उनले श्रीमानले रातदिन रक्सेर खाएर आउने, सुत्न नदिने, गाउँघरबाट पनि नराम्रो भयो, जेठाजुहरू आएर पनि गाली गर्नुभयो त्यही भएर बस्न नसकेर निस्केको भनेर बताएकी रहेछिन्।
तर यता श्रीमान भन्छन्, म कहिले पनि रक्सी खान्न र कहिलेकाही साथीभाइ सँग हुँदा अलिअली खाने गर्थें, मेरो बुढी पनि म सँगै खाने गर्थिन् तर मैले उनलाई केही नराम्रो गरेको थिइन।” श्रीमानले आफ्नो श्रीमतीको बारेमा केही नराम्रो कुराहरू चाहिँ सुनेका थिए । गाउँलेहरूले कुरा सुनाउने गरेका थिए । त्यसपछि उनले आफ्नो श्रीमतीलाई गाली गर्ने, सम्झाउने पनि गर्दै आइरहेका थिए । त्यसदिन श्रीमान मेलामा गएका थिए र घरमा उनका दाजुहरू आएका थिए । उनले खाना खुवाएर पठाउनु भनेर मेलामा गए तर मेलाबाट काम सकेर साँझमा घर फर्कँदा उनले श्रीमतीलाई भेटेनन् । सात बजेतिर गाउँको एकजना दिदीलाई फोन गरेर म पोइला गएँ है दिदी सुनाइदिनु, अब मलाई नखोज्नु भनेर भनिदिनु भनेर उनीले फोन गरेकी रहेछिन् । बाकी कुराकानी हेर्नुहोस भिडियोमा: