चिन्ता सफलता को बाधा

लेखक बिनिता अधिकारी

चिन्ता गर्ने बानिले ब्यक्तिको कार्य गर्ने क्षमतालाई सबै भन्दा ठूलो असर पुर्याउछ । चिन्ताले भरिएको मनमा प्राय :चिन्ता गर्ने स्थाइ रोग लागेको हुन्छ । चिन्ताले ठुलो भन्दा ठुलो शक्तिशाली तथा कर्मठ मानिसहरुलाई पनि कमजोर बनाइदिन्छ । हामीले हाम्रो आफ्नो सफलताका लागि त्यस चिन्तारुपि डर लाग्दो शत्रुलाई आफ्नो मनमा ठाउँ दिएर राख्नु हानीकारक हुन्छ । यदि त्यसले हामीहरुको सम्पुर्ण भविस्य  नबिगारेता पनि त्यसले हामीहरुको कुनै न कुनै महात्वकाक्षलाई त पुरा हुन दिने छैन ।त्यती त उसले अवस्य पनि गर्ने छ  ।

चिन्ता र भय मा रुमलिएको मान्छेले कुनै कार्यलाई पनि शुरवात गर्दैन । किनकि उसले कुनै कार्य गर्नका लागि मार्गमा अनैकौ किसिमका बाधा अडचन देख्न थालेको हुन्छ । अनि यदि उसले कुनै कार्य गर्न सुरुवात गरेमा पनि चिन्ताको भारी बोक्नाले गर्दा उ यती धेरै थाकिसकेको हुन्छ कि उसले त्यो काम गर्ने बोझ उठाउनै नसक्ने स्थितीमा पुगेको हुन्छ । भय र चिन्ताले हामीलाई सताइरहेको हुन्छ भने त्यती बेला हामीले ठिक तरिकाबाट काम गर्ने सक्दैनौ । अनि त्यस पछि हामिले गरेको कार्य भने जस्तो भएन सोचे जस्तो भएन भन्नु कुन अनैठो कुरा हो ?हामीहरुको मन  शरिर छिट्टै थाक्नु कुन अचम्म लाग्दो कुरा हो र ? जब हामीहरुको मनमा निरन्तर रुपमा चिन्ता र  भयले सताइरहेको  हुन्छ र भयकै घटनाका बारेमा मात्र बिचार गरिरहन्छ । भने हामीले अवश्य पनि तिनै कुरा लाई जिबनमा  प्राप्त गर्नेछौं ।भय चिन्ताले नशा -नाडि अर्थात स्नायु प्रणलि को सन्तुलन लाई बिगारी दिन्छ र  अन्तिममा त्यसको नतिजा नसा सम्बन्धी रोग र मानसिक रोग उपहार स्वरुप जिबनमा प्राप्त हुन्छ ।     

यस बारे एउटा भनाइ पनि रहेको छ  भनिन्छ “चिन्ताले पुरुषको पौरख र नारीको नारीत्वलाई खोसेर लिइ दिन्छ ।”  चिन्ताले हामिहरुको महात्त्वकांक्षालाई मार्न  जलाउने  काम गर्दछ ।हामीहरुको कोसिसलाई दैनिक जिबनमा निमोठिदिन्छ चिन्ताले जिबन रुपि रगत लाई चुस्दछ चिन्ता ले हाम्रो शक्ति आशा इच्छा लक्ष आदिलाई  क्षिया क्षिया पारिदिन्छ ।

चिन्ताले खाली  हामिलाई निराश बनाइदिन्छ ।चिन्ताले हाम्रो शरिरबाट पोषक तत्वलाई चुसेर लगिदिन्छ । चिन्ताले हाम्रो घर परिवारलाई कती हानी पुगाउन सक्छ  यसको अनुमान कस्ले गर्न सक्छ । यसले हामो घरको आत्मालाई नै मारीदिन्छ घरको सुख र प्रशन्नतालाई बिगारिदिन्छ । यसले परिवारको शान्तिलाई खल्लबल्याउछ । घर परिवारको जिवनमा चिन्ता को ज्यादै डर लाग्दो प्रभाव परेको हुन्छ । निरन्तर चिन्ताको वातावरणमा जिवन बिताउने गर्नाले त्यसबाट हुने हानी अरु केहीबाट पनि  भएको हुदैन । एउटा कुराको चिन्ता गर्न थाल्यो भने त्यसबाट अरु बढि चिन्ताहरु थपिदै आएको हुन्छ, चिन्ता नै अरु बढि चिन्ताको जननी हो ।  

चेतन र अवचेतन मनमा मानिसलाई यसले असर पारिरहेको हुन्छ । हाम्रो अवचेतन मनले त्यसैको बारेमा सोचिरहेको हुन्छ । यहाँ सम्मकि निंद्रामा समेत चिन्ताले छाेडन सकेको हुदैन । त्यसैले चिन्ताले हामीहरुको कोशिसलाई काम नलाग्ने तुल्लयाइदिन्छ । यसले हामीलाई अघि बढन दिदैन भन्ने कुरा राम्ररि बुझन  सक्यो भने यसलाई हामी हरुले आफ्नो जिवनबाट टाढा फ्याँकिनै  दिनुपर्छ । त्यसको ठाउँमा हामीले उत्त्साह, आँट, धैर्यता, विश्वास,  शान्ति तथा बुद्धिमत्ता जस्ता कुरालाई मनमा आश्रय दिनु पर्छ ।

जती हामी काम गरेर थाक्दैनौ त्यती चिन्ता गरेर थाकेका हुन्छौं ।
जुन ब्यक्तिले सुत्ने बेलामा चिन्ता गर्ने र मस्तिष्कलाई सक्रिय राख्ने बानी परेको हुन्छ उसलाई सुखको निन्द्रा आउदैन । जसले गर्दा हामी  उत्त्साहीन, असन्तुलन,  चिन्ता मनमा लिएर सुत्दा र बिहान उठेपछि पनि हामी थाकेका देखिन्छौँ । यदि त्यतिबेला हामीले आफ्नो अनुहार ऐनामा हेर्ने हो भने हामीमा प्राण नै नभएको जस्तो देखिनेछ । र हामीहरुको शरीरमा बल, इच्छा शक्तिनै हुदैन मनमा उत्साह र साहस नै हुदैन । जब हामी सबैरै उठे देखि नै थकित भएका हुन्छौं भने आफ्नो मन र शरिरमा हामीहरुको कुनै अधिकार हुँदैन । र हामी आफ्नो तन र मन को मालीक हुन सक्दैनौँ ।  त्यसपछि हामिलाई पहिलाको जस्तो आफुमा उर्जा संचित गर्नको लागि आधा दिन बितेको हुन्छ । धेरै चिन्ता गर्ने मानीसले आफ्नो मस्तिस्कलाई बल पुर्बक र  उत्त्साहका साथ लगाएर कुनै एउटा बिषयमा एकाग्र भएर काम गर्ने सक्दैन । त्यस किसिमका मानिसहरु गिरेको मानसिक अवस्थामा बाच्न पुग्दछ्न।

चिन्ताको कारण हामी उमेर नपुग्दै आफुलाई  बुढाे बनाउदैछौ । त्यसैले काम गर्ने समयमा आराम गर्ने समयमा चिन्ता गर्ने  सोच बिचार गर्ने र अनावस्क कुरा मनमा खेलाउन छोडनु पर्छ । र आफ्ना दु:ख परिक्षा र स-साना असफलताहरुका बिचारहरुबाट मुक्ति प्राप्त गर्नु पर्छ किनकि त्यस किसिमका बिचारले स्वच्छता, कार्यकुशलता,  प्रशन्नता र सफलताका लागि धातक हुन्छ ।

सेकसपियरले भनेका छ्न “चिन्ता जिवनको शत्रु हो ।  त्यस्तै संस्कुत उत्ति ले भनेका छन, “चिता र चिन्तामा यतिमात्र फरक छ कि चिताले मरेकालाई मात्र जलाउछ भने चिन्ताले ज्युँदालाई जलाउछ  । हामीले  चिन्ता निराशा दुख-कष्टहरुलाई एकै ठाउँमा जम्मा पारी पोको पार्न गछै। मानै सुन चादी पैसा आदि लाई पोको बनाएर जसरि लुकाएर राख्छौं ।त्यसै गरि चिन्ता लाई लुकाएर राखेका हुन्छौं र  त्यस चिन्ताको पोकोलाई पिठयुमा बोकेर प्रगतीको कठिन उकालो चढन चाहान्छौँ तर हामी चढन सक्दैनौं । त्यस पोकोमा बिभिन्न्न किसिमका भय, चिन्ता, सुर्ता ,शंका ,र उपशंका आदिले भरिएको हुन्छ। तिनै बोझका कारण जागर लाग्दो तरिकाले  पुत्तिले   अगाडि बढन त टाढाको कुरा हुन भने हामी सोझो गरि उभिन पनि सकेका हुदैनौ। हामीलाई  अतितको गरुग्रो भारीले  यसरि थिचिएको  हुन्छ । कि आजको गरुँग्रो भारीलाइ समेत उठाउन सकेको हुदैनै ।

र हामी आजका कार्य र सेवालाई कुशलता पुर्बक कर्यान्वयन समेत गर्ने सक्दौनै ।त्यस चिन्ता को बोझले गर्दा हामीहरुको ढाड मकिएको हुन्छ ।तर पनि हामी पहिलाको अतित को वोझको पोको अतितको चिन्ताको पोको ,बोकेर नै काममा जाने गर्छौ। तर त्यसो गर्ने ले हामीहरुको काम मा ठूलो  बाधा भएको हुन्छ । सफलता र कार्यकुशलतालाई सधै विगारिरहेको हुन्छ ।जतिबेला हामी शत्तिशाली हुनुपर्न हुन्छ। ठिक त्यतीबेला नै चिन्ताले हामीलाई कमजोर बनाइदिन्छ ।

चिन्ता हाम्रो जिवनको एउटा हिस्सा हो वास्तबमा चिन्ता हाम्रो जिवनको दैनिकी नै बनिसकेको छ। तथापी चिन्ता लाई सरल सहज तरिकाले  व्यवस्थापन गरि यसबाट हुने नकरात्मक असर कम गर्ने सके स्वस्थ जिवन जिउन र जिन्दगीमा सफलता प्राप्त गर्ने सकिन्छ।

लेखक- बिनिता अधिकारी


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५