पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामिलाई सेवा दिन केयर होमको स्थापना

पोखरा । पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामिलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रा.लिको स्थापना भएको छ । पोखराका बिभिन्न अस्पतामा कार्यरत बिशेषज्ञ चिकित्सकहरु, २ दशक बढि नर्शिङ्ग सेवामा काम गर्नुभएकी मेट्रोन, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गर्नुभएका स्वास्थ्य ब्यवसायी, खाना तथा पोषण बिज्ञ लगायतकोे संयुक्त पहलमा केयर होमको स्थापना गरिएको हो ।

बिशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामिहरु जसलाई अस्पतालमै भर्ना गरीराख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामिहरुलाई यस सेन्टरमा राख्ने गरीन्छ । त्यसका साथै टाढा–टाढा बाट उपचारका लागि पोखरामा आउने बिरामिहरु जसलाई उपचार पश्चात नियमित फलोअपमा अस्पताल गईराख्नुपर्ने हुन्छ, त्यस्ता बिरामीहरु आईजाई गरिराख्न खर्च, समय र जोखिम बढी हुने हुदाँ त्यस्ता खालका बिरामिहरुलाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा समेत प्रवन्ध गर्न समेत यस संस्थालाई अगाडी बढाईएको प्रा.लिले जानकारी दिएको छ ।

अस्पताल डिस्चार्ज पछि पनि कतिपय बिरामिहरुको अवस्था नाजुक हुने र त्यस्ता बिरामिहरुलाई घरमा लैजाँदा अवस्था अझ बिग्रन सक्ने हुदाँ बिरामिको अवस्था सामान्य हुदाँसम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ । बिशेषगरी अक्सिजन दिईराख्नुपर्ने, ट्रयाकेस्टोमि, बेड शोर,सेरिब्रल पालेसी, नियमित फिजियोथेरापि चाहिने बिरामिहरुले यस सेन्टरमा सेवा लिन सक्नेछन ।

प्रा.लिले जानकारी दिएअनुसार डाक्टरको निगरानीमा २४ सै घण्टा नर्शिङ्ग केयर, कुरुवा बस्न नपर्ने गरी २४सैं घण्टा केयरगिभर सेवा, फिजियोथेरापि, ल्याब, खाना तथा बस्ने सुबिधा, सम्पूर्ण ब्यक्तिगत सरसफाई तथा स्याहार सेवा, दैनिक डाक्टर हेरचाह लगायतको सेवाहरु प्रदान गर्दछ । यी सम्पूर्ण सेवाहरु घरमै लिदाँ बिरामिलाई निकै ठुलो आर्थिक भार पर्ने, जोखिम हुने , बिरामिका आफन्तहरुलाई डर तथा शास्ति हुने हुदाँ आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि संस्था बिरामिहरुको लागि उपयोगि हुने संस्थाका मेडिकल डाईरेक्टर सुदिप रेग्मी बताउनुहुन्छ ।

टाढा–टाढा बाट उपचारका लागि आउने बिरामिहरु अझ नियमित फलोअपमा आईराख्नुपर्ने बिरामिहरुले निकै शास्ति पाईराखेका छन । कतिपय अप्रेसन गरेका बिरामिहरु टाढा–टाढाबाट आईजाई गर्दा अशह्य पिडा हुने, राम्रो हेरचाह नहुदाँ अप्रेशन गरेको ठाँउमा थप ईन्फेक्सन भई अवस्था थप जटिल बनेका प्रशस्त उदाहरणहरु छन । यस्ता खालका बिरामिहरुलाई यो केयरहोम निकैनै उपयोगी हुनेमा आफुहरु बिश्वस्त रहेको सर्जन डा. कोबिद नेपाल बताउनुहुन्छ ।

माथि उल्लेखित सेवाहरु बाहेक यस केयरहोममा पक्षघात भई पूर्ण तथा आंशिक रुपमा शरीर नचल्ने (प्यारालाईसिस), ज्येष्ठ नागरीक, डिमेन्सिया, पार्केन्सन, बालबालिकाहरुमा हुने अटिजम, अपाङ्गता, स्पोर्ट ईन्जुरी, न्यूरो पूर्नस्थापना,पोष्ट ट्रमा पूर्नस्थापना सेवा लयायत शारीरीक तथा मानशिक दुर्बलता भएका जुनसुकै उमेर समुहका बिरामिहरुले सेवा लिन सक्नेछन ।

साथै यस फेवा केयरहोमले फिजियोथेरापि सहितको डे केयर सेवा समेत संचालन गरेको छ । जसरी हामि हाम्रा बाल बच्चाहरुलाई मन्टेश्वरीहरुमा डे केयरको रुपमा लैजान्छौ त्यसैगरी हाम्रा परिवारका सदस्य जसलाई कसैको सहयोग आवश्यक पर्दछ वा बिभिन्न स्वास्थ्य समस्याको कारण निगरानि गरिराख्नुपर्ने हुन्छ त्यस्ता खालका बिरामिहरुलाई डे केयरको रुपमा यस केयर होममा राख्न सकिने फिजियोथेरापिस्ट शुभ कोईराला बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले घरका परिवारहरु आफनो कामले गर्दा दिनभर कार्यक्षेत्रमै खटिनुपर्ने हुन्छ जसले गर्दा घरमा अरुको स्याहारमा बस्नुभएका सदस्यहरुले राम्रो स्याहार नपाउने, समयमा औषधि नखाने, दिनभर घरमा एक्लै बस्दा मानशिक रुपमा समेत बिभिन्न समस्याहरु देखा पर्ने, शारीरीक कृयाकलापहरुमा कमि हुन गई शरीर शिथिल हुने तथा हिडडुल सम्म गर्न गाहे हुने जस्ता समस्या देखिएका छन, त्यस्ता समस्याहरुलाई न्यूनिकरण गर्न फिजियोथेरापि, बिभिन्न मनोरञ्जनात्मक कृयाकलाप र स्वास्थ्यकर्मिहरुको हेरचाह सहितको यस डे केयर निकैनै प्रभावकारी हुने उहाँको भनाई छ ।

यस फेवा केयर होम अरोगिन केयर होम काठमाण्डौको प्राबिधिक सहयोगमा स्थापना भएको संस्था हो जसले काठमाण्डौंमा बिगत ६ बर्षदेखि केयरहोम संचालन गरी नेपालकै उत्कृष्ट केयरहोमको रुपमा आफुलाई अब्बल साबित गरिसकेको छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५