आज विश्वकर्मा पुजा, विभिन्न साधन, औजार पुजा गरी मनाइदै
साधन,औजार,युक्ति र निर्माणका देवता विश्वकर्माका विषयमा विविध भ्रांति प्राप्त हुन्छन्।
अधिकांशः विद्वान् विश्वकर्मा यस नामलाई एउटा उपाधि मात्र मान्दछन्, किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमा विश्वकर्मा एउटा उपाधि वा पदवी बन्न पुग्यो। यो भनाईको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवा आदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझमा मत भेद यसमा पनि छ कि मूल पुरुष विश्वकर्मा कोबाट भए।
केही एक विद्वान अङ्गिरा पुत्र सुधन्वालाई आदि विश्वकर्मा मान्दछन् त केही भुवन पुत्र भौवन विश्वकर्मालाई आदि विश्वकर्मा मान्दछन्, ऋग्वेदमा विश्वकर्मा सुक्तका नामले ११ ऋचाऐ लेखिएको छ। जसको प्रत्येक मन्त्रमा लेखेका छन् ऋषि विश्वकर्मा भौवन देवता आदि । यही सुक्त यजुर्वेद अध्याय १७, सुक्त मन्त्र १६बाट ३१सम्म १६ मन्त्रोमा आया छ ऋग्वेदमा विश्वकर्मा शब्दको एक बार इन्द्र अनि सुर्यको विशेषण बनेर पनि प्रयुक्त भयो ।
परवर्ती वेदहरूमा पनि विशेषण रूपमा यसका प्रयोग अज्ञत छैन यो प्रजापतिको पनि विशेषण बनेर आएकोछ।
भगवान् विश्वकर्माको वर्षभरिमा कतिपय पटक पूजा र महोत्सव मनाइन्छ। जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिंथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ। यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ। यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ। भारतका कतिपय क्षेत्रमा गोरुतिहार(गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ। यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ। श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ।