अवैध लागूऔषधसहित सातजना पक्राउ 

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित ना३ख ५९५० नम्बरको ट्रकबाट करिब १ सय ७५ केजी अवैध लागूऔषध गाँजासहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने २४ वर्षीय प्रशान्त कार्की रहेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त ट्रक बिग्रीई थानाभर्‍याङमा मर्मत गर्दै गरेको अवस्थामा ट्रक जाँच गर्दा ट्रकभित्र फल्स बटम बनाई लुकाईछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका–७ बस्ने २७ वर्षीय छोटु शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ एम्पुल डाईजेपाम, ३ सय १६ एम्पुल नोफिन र ३ सय ५ एम्पुल फेनारगन सहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी रामग्रम नगरपालिका–१६ बस्ने १९ वर्षीय इस्लाम चुरीहार र सोही ठाउँ बस्ने २० वर्षीय आलमगरी चुरीहार रहेका छन्। प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले लु४प ११३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक इस्लाम र मोटरसाइकलमा सवार आलमगरीलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित होटल होटल ईमरेल्ड एन्ड लजबाट ६ ग्राम ब्राउनसुगरजस्तो देखिने खैरो लिसाईलो पदार्थ सहित दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पाँचथर फिदिम नगरपालिका–१ बस्ने २७ वर्षीय रोशन सुबेदी र सोही ठाउँ बस्ने २८ वर्षीय सुमन कार्की छन्। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त लजको कोठा नम्बर २ जाँच गर्ने क्रममा कोठाना बसेका उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया पहाड रोडस्थित सोभान गड्सेरा होटलबाट २ ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित धनगढी उपमहानगरपालिका–४ रातो पुल बस्ने ३७ वर्षीय वीरेन्द्र खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५