विदेश पढ्न गएकी छोरी रुदैं मिडियामा, बाबाले यस्तो गरेपछि नेपाल फिर्ता (भिडियो)
दाङ जिल्लाको रामपुरका माधव परियार बैदेशीक रोजगारीको शिलसिलामा विभिन्न देशमा बिगत १७ वर्ष देखि बस्दै आएका छन । कहिले जापान, कहिले इराक, कहिले कता । उनले थुप्रै पैसा पनि कमाएको उनकी श्रीमती सकुन्तलाले बताइन । तर उनी अहिले बिगत ३ वर्षदेखि सम्पर्क बिहिन भए पछि ४ जना छोराछोरी सहित परिवारको बिचल्नी भएको भन्दै उनिहरु मिडियामा आएका छन ।
माधव कै भनाई अनुसार उनक्ज जेठी छोरी तिर्सना परियार होटल म्यानेजमेन्ट पढ्नका लागि चाइना गइन् । तर एक वर्ष मै उनी फर्किएर आइन । आफुलाई नर्स पढ्न मन हुदाहुदै बाबाले होटल म्यानेजमेन्ट पढ आफू पनि हङकङ आउने र सगैँ बसेर होटल खोल्ने भन्दै सपना देखाए पछि उनी चाइना गइन् । तर उनी गए पछि माधव भने सम्पर्क बिहिन भएको तिर्सनाले बताइन । आफुले त्यहा पढ्ने खर्च नपाएकोले अहिले फर्केर आउनु परेको उनको भनाई छ ।
त्यसो त माधव पहिले पनि यसरी सम्पर्क बिहिन हुने गरेको तिर्सनाको भनाई छ । तर लामो समय पछि पहिले पनि पुन सम्पर्कमा आएको तिर्सना बताउँछिन । ०७२ साल भन्दा अगाडि पनि लगभग ३ वर्ष सम्पर्कमा नआएको तिर्सनाले बताइन । तर भुकम्प पछि एक्कासि उनी सम्पर्कमा आए । किन यसरी हराउनु भएको भन्दा आफू ६ महिना अस्पतालमा भएको बताएको उनले सुनाईन । तर के भएको भन्ने कुरा नखुकाएको उनी बताउँछिन ।
त्यसको केही समय पछि माधव घर आए । उनी घर आउदा शरीरमा केही चोटको खत जस्तो देखिएको तिर्सनाले बताईन । तर त्यसको बारेमा बाबाले केही नबताएको उनले सुनाईन । घर आएपछी तिर्सनालाई चाइना पढ्न पठाउने माधवले बताए पछि घरमा सबैसगँ सल्लाह गरि आफू चाइना गएको उनले बताईन । माधवले चाइना जान भने पछि खर्च भने नदिएको उनको भनाई छ । आमा सकुन्तलाले रिन खोजी उनलाई पठाइन । त्यो रिन खोजेको पैसा पनि दुई लाख जति माधवले लगेको उनले सुनाईन ।
करिव ८ लाख खर्चमा उनी चाइना गइन् । त्यहा पुगेपछी अरु बस्ने पढ्ने खर्च पनि माधवले दिएनन । तिर्सनाकी हजुरआमाले आफ्नो खेत धितो राखी उनलाई खर्च पठाएको तिर्सना बताउँछिन । अहिले आफुहरु सानी तिनो काम गरेर जीवन चलाइरहेको उनको भनाई छ । केही राम्रो लाएर हिड्दा पनि गाउँघरमा पैसा कमाएर लाउदै खादै सक्छन रिन तिर्दैन भन्दै कुरा काट्ने गरेकोले आफुहरुले राम्रो लाएर हिड्न पनि नसक्ने भएको उनी बताउँछिन । साथै घरमा कोहि आउदा पनि शंकाले गाउँलेले हेर्ने गरेको उनको भनाई छ । बाकी कुराकानी हेर्नुहोस भिडियोमा: