आफ्नै बुवाले श्रीमती र छोरीलाई टो-की टो-की लिए ज्यान (भिडियो)
देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् । देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ । आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा कमलले पत्नी र छोरीको टोकेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई जथाभावी टोकेपछि मृत्यु भएको देखिन्छ’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत गरेपछि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’ छोरी र श्रीमतीको हत्याको बारेमा गाउँलेले थाहा पाएपछि कमललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
आफूलाई देउता आएको भन्दै एक हप्तादेखि अस्वभाविक कृयाकलाप गरिरहेका तामाङले परिवारका अन्य सदस्यलाई पनि आक्रमण गर्न खोजेका थिए। तर उनको परिवारका ६३ वर्षीय बाबु लाल बहादुर तामाङ, आमा भीममाया तामाङ जेठि दिदी शान्ता तामाङ, माइली दिदी आशा तामाङ र तामाङका दुई छोरीले भागेर ज्यान बचाएको छिमेकी शिव कार्कीले बताए ।
‘बिहान चार बजे तिर हामी पुग्दा घरभित्र श्रीमती, छोरी र कुकुरको शव थियो।’ छिमेकी कार्कीले भने ‘त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं ।’ केही समयदेखि कमलले बाबुलाई समेत छोरो नभनी गुरु सम्बोधन गर्न भन्ने गरेको कार्कीले बताए । तामाङकी जेठी दिदी शान्ता केहिदिन अघि माइत आएकी थिइन् भने माईली आशा सोमबार मात्रै माइत आएकी थिइन् । उनीहरु भागेर फुपुको घरमा लुकेर ज्यान बचाएको बताएको छिमेकी कार्कीले जानकारी दिए ।
स्थानीयका अनुसार मृतकको जिउमा टोकेका दागहरु रहेका छन्। कार्कीले भने ‘काटेको जस्तो कतै देखिदैन, टोकेरै मारेको जस्तो देखिन्छ’ । तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । तामाङका माईली छोरी दिवाना ८ बर्षकी छन् भने कान्छी छोरी दिप्निा साढे ३ बर्षकी छन् । भिडियो: