आपराधिक समूहको विवादका कारण भुपेन्द्र बडुवालको हत्या भएको पुष्टि, १२ जना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्की चुहा नगरपालिका–१ का युवक भूपेन्द्र बडुवालको हत्याको कारण दुई आपराधिक समूहको आपसी विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुई आपराधिक समूहले एकआपसमा आक्रमण गर्ने योजनासहित परिचालित युवाले धारिलो हतियार प्रहार गर्दा २३ वर्षीय बडुवालको मृत्यु भएको बताए ।

गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका सिद्धार्थ होटेल नजिक रहेको बडुवालका आफन्त कौसीदेवी विष्टको घर परिसरमा उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो । आफ्नो विरोधी समूहका युवा ठानेर आर्यन देवकोटा, रोशन शाही, रोहित आले, चीरञ्जीवी शाहीलगायत युवा बडुवालमाथि धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । आक्रमणबाट घाइते बडुवालको टीकापुर अस्पताल पुर्याइएको केही समयमै मृत्यु भएको थियो ।

‘आक्रमणको योजनासहित टीकापुर पुगेका कपिल श्रेष्ठले चिनजानका साथी रहेका बडुवाललाई आफू टीकापुरमा रहेकाले मोटरसाइकलमा लिन आउन बोलाएका रहेछन्’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘बडुवाल टीकापुरमा रहेको अवस्थामा अर्को समूहका युवाले विरोधी समूहका युवा ठानेर उनीमाथि हतियार प्रहार गरे ।’

‘यो दुई समूहबीच आक्रमणको घटना भएको भए झन ठूलो मानवीय क्षति हुने थियो, तत्काल प्रहरी परिचालन हुँदा हुन पाएन’, उनले थपे, ‘मृतक बडुवाल निर्दोष रहेछन् ।’ कैलालीको टीकापुर, चिसापानी र लम्की क्षेत्रमा नदीजन्य पदार्थ र वन पैदावारको ठेक्कापट्टाको काममा आफ्नो वर्चश्व जमाउँदै आएको यो समूहले आपराधिक लाभका लागि युवालाई परिचालन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुको समयमा यो समूहमा एकता थियो । आपसमा विवाद र मनमुटाव बढ्दै जान थालेपछि दुई समूहमा बाँडिएपछि एउटा समूहको नेतृत्व नवीन रावलले र अर्को समूहको जयन्द्र शाहले गरेको जनाइएको छ ।
हत्या घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र केन्द्रीय अनुसन्धान ब्यूरो(सिबिआई) को टोलीले अनुसन्धान गरेको थियो । उक्त हत्या घटनाका आरोपी महेश रावल, धीरज भन्ने दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, दीपक स्वरुप भन्ने हिसान्त मल्ल, विकास भट्ट, प्रदीप रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुवँर र समीरजङ्ग शाहीलाई पक्राउ गरिएको छ । घटनामा संलग्न नवीन रावल, अनुज भन्ने चिरञ्जीवि शाही, बाल शाही, जयन्द्र शाह, रोशनबहादुर शाही, अशोक रावल, हेमन्त शाही, विकास शेरचनलगायत नौ जना फरार रहेका छन् ।

यो समूहका विभिन्न व्यक्ति विरुद्धमा कैलाली र काठमाडौँमा गरी छ वटा ज्यान मार्ने र दुई वटा हातहतियार खरखजनासम्बन्धी मुद्दा यसअघि दर्ता भएको जनाइएको छ । काठमाडौँको कालीमाटी क्षेत्रमा विसं २०७८ भदौ महिनामा जयन्द्र शाहको तर्फबाट कपिल श्रेष्ठले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको बताइएको छ । यसै घटनापछि श्रेष्ठले जयन्द्रको समूहको तर्फबाट नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजनासहित गत कात्तिकमा काठमाडौँबाट लम्की पुगेको जनाइएको छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५