नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु

काठमाडौँ । नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ ।

विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिनुभयो ।  यो सँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तिमा पनि १५० एमबिपीएस गतिको हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’’

वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयाशरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताउनुभयो । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० अर्थात मासिक एक हजार २०० मा १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपीएससहित २२५ र ३०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउनुहुन्छ । वल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने तर यसका लागि डुअल व्याण्ड भएको राउटर आवश्यक पर्नेछ ।
यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताउनुभयो । हाल पाँच लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको छ भन्नुभयो । उहाँका अनुसार हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ । देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उहाँँले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको  निर्देशक अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो । ‘‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरुमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवाहरु सीमित रहेको अवस्थामा हामीहरु गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौँ ।’’

निर्मल पूर्जा सद्भावना दूत

आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई वल्डलिंकले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो । पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स ः नथिङ इन इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत विश्वभर प्रशारण भएको थियो ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५