राजनैतिक विकृति र भ्रष्ट संस्कारका विरुद्ध करण लामा सुनकोशी २ को वडा अध्यक्षमा उठ्दै
ओखलढुङ्गा । स्थानीय निकायको निर्वाचन मिति नजिकिए संगै दलहरुले आफ्ना उम्मेदवारहरु तय गर्ने तथा प्रचार प्रसार गर्ने कामलाई तिब्रता दिन थालेका छन् । यसैबीच समावेशी र बैकल्पिक पार्टीको रुपमा अगाडी उदाउँदै गरेको जनता समाजबादी पार्टीले ओखलढुङ्गा जिल्लामा चुनावी अभियानलाई ब्यापकता दिएको छ ।
केहि दिन अघि मात्रै जिल्लाका आठै वटा स्थानीय तहमा उम्मेदवार हरुको नाम सार्बजनिक गरेको जसपा ओखलढुङ्गाले सुनकोशी गाउँपालिका वडा नंबर – २ को अध्यक्षमा युवा समाजसेवी करण लामालाई उठाउने निर्णय गरेको छ ।
को हुन् करण लामा ?
सुनकोसी २ भदौरे स्थायी घर भएका करण लामा एक सफल युवा उधमी हुन् । लामो समय विदेश समेत बसेका करण लामाले अहिलेको समयमा गाऊ को विकास कसरि गर्न सकिन्छ ? राजनीतिको नाममा भएको फोहोर र विकृति कसरि सफा गर्न सकिन्छ भन्नेमा राम्रो र गहन ज्ञान हासिल गरेका छन् । उनि आपत परेका बखत आफ्नो ठाउँका नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न हरसमय खट्ने गर्छन । राजनैतिक विकृति र भ्रष्ट संस्कारका विरुद्ध लामाले आवाज उठाउँदै आएका छन । राजनैतिक विकृति र भ्रष्ट संस्कारलाई निमिट्यान्न नपार्दा सम्म देश र जनताको विकास सम्भव नभएको उनको बुझाइ छ ।
गाउँमा गुम्बा बनाउदा होस् वा अन्य कार्यमा उनि आफ्नो सहयोगी हात अघि बढाउछन् । राजनीतिमा असल र बिबेकी युवाहरु अघि बढ्नुपर्छ भन्ने सोंच राख्ने मिलनसार र सालिन व्यबहार राख्ने लामा जसपा ओखलढुङ्गाको सचिवालय सदस्य समेत हुन् । समाजमा पछाडी परिएका तथा परेका दलित महिला र जनजातीको पक्षमा खुलेर बोल्ने, सहयोग गर्ने तथा भ्रष्ट राजनीतिलाई सफा गर्ने पार्टी जनता समाजबादी पार्टी मात्रै भएको उनको भनाइ छ ।
जनता नै परिवर्तनको पक्षमा भएकाले आफुलाई जनताले भोट दिई जिताउने कुरामा उनि ढुक्क देखिन्छन ।