सुनसरी १ को मतगणना दिउसो १ बजेदेखि
निमा पोङ्स्युवा धरान । मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना आज दिउसो १ बजेदेखि हुने भएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना शुचारु गर्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको प्रतिनिधि र निर्वाचन अधिकृतबिच बिहान बैठक बसिसकेको छ । बैठकले दिसो १ बजेदेखि मतगणना सुचारु गर्ने निर्णय भएको कुरा निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सुनसरी १ एमाले जसपा तालमेल उम्मेदवार भएको मात्र नभै जनता समाजवादि पार्टी नेपालका संघीय परिषद अध्यक्ष अशोक राई उम्मेदवार भएकोले पनि यो निर्वाचन क्षेत्र चासोको बिषयमा छ । त्यसैगरी धरान उपमहानगर तत्कालीन स्थानीय चुनाबको बेला स्वतन्त्र उम्मेदवारले जितेको क्षेत्र भएकोले पनि चर्चा र चासोको बिषयमा छ । तत्कालीन स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले मेयरमा जितेपछि सुनसरी १ मा प्रदेश सभा र प्रतिनिधि सभाको लागि दलको उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार धेरै रहेका छन । मंसिर ४ गते सम्पन्न सुनसरी १ को निर्वाचनमा जम्मा ७८९४३ मत खसेको छ । यस निर्वाचन क्षेत्रमा १४१८७८ रहेका छन । यस निर्वाचन क्षेत्रमा रामधुनि नगरपालिकाको वडा नम्बर ६ र ७ रहेका छन । यहीँबाट ६६११ मत खसेका छन । रामधुनिको जम्मा मतदाता संख्या १०६७४ रहेका छन । त्यसैगरी बराहक्षेत्र नगरपालिकाको १,२,३,४,५,६ यस निर्वाचन क्षेत्रमा रहेका छन । यस जम्मा मतदाता २७०८६ रहेका छन।बराहक्षेत्रबाट १५२६४ मत खसेका छन । त्यसैगरी धरानमा १०४११८ रहेका छन । धरानमा उक्त मतदाताबाट ५७०६८ मत खसेका छ्न । सुनसरी १ मा कुल मत ५५.६४ प्रतिशत रहेको छ ।