पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्ड-२०२२ उत्कृष्ट हेयर/मेकअप आर्टिष्ट र सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट बिजेता फुर्दिकी शेर्पा (दिकी)
काठमाडौं स्थित होटल हायातमा सम्पन्न चौथो संस्करणको ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्ड-२०२२’मा, धरानकी फुर्दिकी शेर्पाले आफ्नो कामको उच्च मुल्यन्कन गर्दै उत्किस्ट हेयर/मेकअप आर्टिष्ट र सर्वश्रेष्ठ कस्मेटोलोजिस्ट गरी दुई अवार्ड जीतेकी छिन ।
लामो समयदेखि काठमाडौंमा रहेर मेकअप, हेयर डिजाइनर , नेल आर्टको काम गर्दै आएकी छन् । फुर्दिकीले इमेज अवार्ड, मिस्टर एन्ड मिस प्यासिफिक नेपाल, मिस शेर्पा, मिस नेपाल , नेपाल फेसन वीक लगायतका कयौं अवार्ड तथा ब्युटिप्याजेन्टमा हेयर एन्ड मेकअप आर्टिंष्टका रुपमा काम गरिसकेकी छन् । उनले बिभिन्न कम्पनीका प्रोजेक्टहरुमा को-अडिनेटर र एजेन्सिहरुमा मोडल को-अडिनेटर्को काम समेत गरी सकेकी छिन
त्यसैगरी कैयौ फेसन शो, बिउटी प्याजन्ट एवार्ड र फोटो सुटमा काम गरेकी फुर्दिकी यिनै कामहरुको आधारमा अवार्डका लागि मनोनयनमा परेकी थिईन् । ‘वेष्ट हेयर/मेकअप आर्टिष्ट’ विधामा फुर्दिकीसँगै चर्चित मेकअप आर्टिष्टहरु सोफिया सुनुवार र सुमन लामा मनोनयनमा परेका थिए ।
त्यस्तै ‘वेष्ट कस्मेटोलोजिष्ट’ विधामा उनीसँगै डा.रेखा थापा र पवि गुरुङ मनोनयनमा परेका थिए । यो विधामा पनि फुर्दिकीले नै अवार्ड जीत्न सफल भईन् । अवार्ड जीतेपछि उनले भनिन्, ‘आफु नोमिनेसनमा परेको पनि ढिलो गरी थाहा पाएकी थिएँ । दुई विधामा अवार्ड जीतेको खबर पाउँदा आफ्नो कामको मूल्याङ्कन भएको महसुस गरेकी छु ।
हाल जपानको बिभिन्न शहरको कार्यक्र्ममा ब्यस्त रहेकी हुनाले उनी अवार्ड वितरण समारोहमा भने उपस्थित हुन सकिनन् ।
प्रबिन किराति, काठमाडौं