बालबालिका लाई अनलाईन दुर्ब्याबहार बाट सुरक्षित राख्ने हाम्रो प्रतिवद्धता भन्ने कार्यक्रम सम्पन्न
२०६९ साल बाट महिला अधिकार बालबालिका अधिकार,महिला बेचबिखन रोकथाम, छाउपडी, घरेलु हिम्सा छेत्रमा चेतनामुलक काम गर्दै आएको सस्था(मानब अधिकार महिला युबा ससक्तिकरण) र सामुदायिक प्रहरिको सयुक्त आयोजना गरेको बालबालिका लाई अनलाईन दुर्ब्याबहार बाट सुरक्षित राख्ने हाम्रो प्रतिवद्धता भन्ने कार्यक्रम १०० जना भन्दा बढी अभिभाबकहरु बिच सम्पन्न भएको छ ।
ललितपुर महानगर्पालिका वडा न-१४ का वडा अध्यक्ष अमृतजङ महतको अध्यक्षता मा सामुदायिक बिकाश केन्द्रका अध्यक्ष तथा पुर्ब ए.आइ. जि. डा.गोविन्द प्रसाद थापा प्रमुख अथिति,प्रहरिबृत सातदोबाटो का डि.एस.पि. मदन के सि, ल्याड्मार्क एकेडेमी का प्रधानअध्यापक सुरेन्द्र भट्टराइ, वडा सदस्य सनत कार्कि,मानब अधिकार महिला युबा ससक्तिकरणका कार्यकारी निर्देशक भाबना एर नेङ्बाङ्ग,वडा सदस्य संगीता अछामि,सहनसिला कार्कि, उमा महेस्वोर सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख संगीता मिश्रा अतिथी रहेका जनचेतना मुलक कार्यक्रममा बालबालिका लाई अनलाईन दुर्ब्याबहार बाट कसरी रोक्नु सकिन्छ भन्ने समन्धमा आयोजक सस्थाका कार्यकारी निर्देशक भाबना एर नेमबाङ्ग र सस्थाका कार्यक्रम निर्देशक बिजय लामा ज्यु ले प्रस्ट पार्नु भयो । हाल समाजमा बालबालिकाहरुमा हुने गरेका घरेलु हिम्सा, अनलाईन दुर्ब्याबहार समस्या धेरै हुने गरेको र यस्को समाधान बारेमा प्रमुख अतिथी डा.गोबिन्द थापा ज्युले प्रस्ट पार्नु भयो ।
साथ साथै महिला तथा बालबालिकाहरु लाई अनलाईन दुर्ब्याबहारको समस्या समाधान को लागि देशब्यापी रुपमा रातो कमिला (रेड इन्ट्) नामक जनचेताना मुलक अभियान सन्चालन भई रहेको जानकारी दिनु भयो ।
ल्यान्ड्मार्क एकेडेमी का प्रध्यानध्यापक सुरेन्द्र भट्टराइ ज्युको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा उद्घोषण सामुदायिक प्रहरी तिखेदेवल का प्र. ना. नि. फुलकुमारी पौडेल ज्युले गर्नु भएको थियो ।
प्रबिन किराती