प्रदेश ५ नेपालगन्जमा तारे होटलमा धमाधम लगानी!

नेपालगन्जमा फाइभ स्टार ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियरको औपचारिक उद्घाटन गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका थिए ।सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट प्राइभेटले सञ्चालन गरेको ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियर एक अर्ब २५ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टले जानकारी दिए ।

सुरुमा फोर स्टार सञ्चालन गरेको सोल्टीले केही महिनाअघि मात्र फाइभ स्टारको मान्यता पाएको हो । होटलमा ८१ वटा कोठा छन् ।‘सोल्टी नेपालको पहिलो पर्यावरणमैत्री ग्रिन होटल हो’, विष्टले भने, ‘यूएस ग्रिन बिल्डिङ काउन्सिलले सम्पूर्ण प्राविधिक जाँच र मूल्याङ्कन गरी सिल्भर श्रेणीको लिड प्रमाणीकरण प्रमाण पत्रबाट विभूषित गरेको छ । यो लिड प्रमाणपत्र पाउने नेपालको पहिलो होटल भएको उनको दाबी छ ।

नेपालगन्जमा सुरुदेखि भएका होटलहरुको स्तरोन्नति पनि गर्न थालिएको छ ।

जसरी ५ नम्बर प्रदेशमा ठूला लगानीका उद्योगहरु खुलिरहेका छन्, त्यसैगरी स्टार होटलहरु पनि एकपछि अर्को गर्दै तीव्र रूपमा खुल्ने क्रममा रहेका छन् । ती होटलहरुमा स्थानीय युवा व्यावसायीको समूहदेखि विदेश लगानीकर्तासमेतको लगानी रहेको छ ।

प्रदेश नम्बर ५ को मुख्य सहर नेपालगन्ज, रूपन्देही, दाङ र प्रमुख धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा पनि होटलमा लगानी थपिने क्रममा रहेको छ ।

होटलहरु नयाँ खोल्न जुर्मुराएको प्रदेश नम्बर ५ को अर्को जिल्ला हो दाङ । जहाँ घोराही केन्द्रित ठूला होटलहरु खुलिरहेका छन् । जिल्लामा पछिल्लो समय ढोको, भिग्राली, मालिइन, सिटी प्याजा मालिइन जस्ता स्तरीय होटल खुलेका छन् । पुरानो शैलीका होटललाई विस्थापित गर्दै अहिले अत्याधुनिक र स्तरीय होटल सञ्चालनमा आउन थालेका हुन् ।

यस्तै रूपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि होटल व्यवसायमा ह्वात्तै लगानी बढेको छ । सँगसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि सानादेखि ठूला लगानीका होटल खुल्ने क्रममा रहेका छन् । कति पुराना स्वरूपलाई बदलेर नयाँ स्वरूपमा ढाल्ने योजनामा छन् ।

प्रदेश नम्बर ५ मा अन्य भौतिक पूर्वाधार विकाससँगै स्टार होटलमा पनि लगानी बढ्दै गएको अर्थशास्त्री डा. प्रकाश क्षेष्ठको बुझाइ छ ।

‘होटल व्यवसायमा यसरी लगानी भित्रिनु प्रदेशका लागि सकारात्मक विषय हो’, उनले रातोपाटीसँग भने, ‘अझै होटलमा लगानी भित्र्याउनुपर्छ । प्रदेश सरकारले पर्यटन, कृषि जस्ता क्षेत्रको भौतिक पूर्वाधार विकास नीतिगत रूपमा सहयोग गरेको छ ।’

लुम्बिनीमा वैदेशिक लगानी

लुम्बिनीमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै स्वदेशी लगानीमा सुरुदेखि प्रशस्त होटल खुलेका थिए । तर पछिल्ला वर्ष त्यतिमा सीमित छैन । एकपछि अर्को गर्दै विदेशी लगानी पनि आकर्षित हुन थालेको छ । कतिले करौडौँ लगानी गरेका छन् भने कतिपय लगानीको तयारीमा रहेका छन् । भैरहवादेखि उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै करिब ५ अर्बभन्दा बढी लगानीमा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । जुन विदशी लगानीको होटल हो ।

यस्तै भैरहवा लुम्बिनी सडकखण्डमा व्यवसायी पवन हलुवाईसहितको ३ अर्बको लगानीमा अर्को पाँच तारे होटल पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

यसैगरी डेढ अर्बभन्दा बढी विदेशी लगानीमा लुम्बिनीमै बुद्धमाया गार्डेन सञ्चालनमा छ । जापानी नागरिक नोर्बु कासाइको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाइ पनि सञ्चालनमा छ । यसले विदेशी लागानीका होटलहरु यहाँ एकपछि अर्को खुल्ने क्रम तीव्र रहेको दर्साउँछ ।

उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ५ का संयोजक गुणनिधि तिवारीले लुम्बिनीमा पर्याप्त मात्रामा होटलमा लगानी आएको भन्दै प्रतिफलको सम्भावना पनि उत्तिकै रहेको बताए ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्युक्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडक खण्डमा वसन्तपुरमा पिक ग्रुपको व्यवस्थापनमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ ।

मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा रहेको छ । अन्तर्राष्ट्रिय होटल चेन समूह सिल्भर हेरिटेज, अर्गाइली ग्रुप, सिग्नेट इन, कन्ट्री इन, मेरियट, गार्गी ग्रुपले पनि स्थानीय साझेदारसहित यहाँका विभिन्न होटलसँग सहकार्य गरिरहेको देखिएको छ । घोषित रूपमा टाइगर प्यालेस र पवन प्यालेस इन्टरनेसनल पाँचतारे होटल हुन् ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, बैम्बो रिसोर्ट जस्ता ५० करोडभन्दा बढी लगानीका सुविधा सम्पन्न होटल सञ्चालनमा छन् ।

आनन्द इन, लिटल बुद्ध, पिसल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल आलोकाइन, आकाश इन्टरनेसन्ल, स्तुपा, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शाइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिनभ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लवार, बुद्ध रेजेन्सी, जयबुद्ध जस्ता ५ करोडभन्दा बढी लगानी भएका ७० वटा भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीमा मात्रै एकरातमा ८ हजार पर्यटकलाई सजिलै बसाउन सकिने सिद्धार्थ होटल एसोसियसन लुम्बिनी शाखा अध्यक्ष मिथुनमान श्रेष्ठले दाबी गरे ।

समूहमार्फत लगानी

५० करोडभन्दा बढी लगानीमा भैरहवाको होटल नान्स, सञ्चालनमा छ । त्यसैगरी ५० करोड हाराहारी लगानीमा होटल निर्वाणा भैरहवा, बुटवलमा ४० करोड बढी लगानी रहेका क्लब डेनोभो, होटल एभिन्यु, डारसीस, टुलिप, महाराजा होटल सञ्चालनमा छन् ।

यस्ता होटलमा एक्लैले लगानी गर्न नसक्ने अवस्था पनि छ । पुराना होटल व्यावसयीले नयाँ होटल थप्ने र नयाँ समूहमा होटल विस्तार गर्ने क्रम तीव्र रहेको होटल तथा रेस्टुन्ट व्यवसायी सङ्घ रूपन्देहीका अध्यक्ष समुद्र जीसीले बताए ।

उनले होटलको स्तरवृद्धि गर्न जग्गा, भवन आदिमा धेरै लगानी हुने भएकाले समूहमा लगानी गर्नुपर्ने भएको हो ।

यसैगरी भैरहवामा ५ करोडभन्दा माथि लगानी गरिएका होटल यति, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सीटी म्याक्स, सीटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एन्ड प्रकाश, पटवा बैङ्कक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, पवन इन्टरनेसनललगायत रहेका छन् ।

त्यसैगरी बुटवलमा करिब ५ करोडभन्दा बढी लगानी रहेका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, न्युइरा, सिन्दूर, एसियन, अम्रपाली कटेज, दियालो, मिराज, वृन्दावन रहेका छन् ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५