पाइलट विजय लामा अनुशासनहीन,के यो सत्य कुरा हो ?

नेपाल एयरलाइन्सका ‘सेलिब्रिटी पाइलट’ विजय लामा निलम्बनमा परे भनेर सोमबार दिउँसो केही अनलाइनमा समाचार आए । लगत्तै सामाजिक सञ्जालमा लामाको बचाउमा स्टाटसहरु ह्वार्रह्वार झर्न थाले । यद्यपि, त्यो खबर पूर्ण सत्य थिएन ।

समाचारमा आएजस्तो लामाको लाइसेन्स निलम्बन भएको नभएर उनी प्रवक्ताको जिम्मेवारीबाट मात्रै हटाइएका थिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले हस्ताक्षर गरेको पत्रमा ‘तपाईंलाई तत्कालैदेखि लागू हुने गरी हाल सम्हालिआउनुभएको प्रवक्ताबाट हटाइएको’ उल्लेख छ ।

यो पनि एकप्रकारको कारवाही नै हो, तर निलम्बनजस्तो गम्भीर होइन । त्यसोभए, निलम्बनको समाचार कसरी आयो त ?
खासमा सोमबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणले लामालाई एउटा पत्र पठाएको थियो, जसमा उनले दोहोरो जिम्मेवारी सम्हाल्दा उडान सुरक्षा प्रभावित बन्ने तर्क गर्दै पाइलट र प्रवक्तामध्ये एउटा जिम्मेवारी छोड्न भनिएको छ ।

प्राधिकरणको पत्रमा लामालाई ‘अनुशासनको कारवाही’ गरिएको झल्किँदैन । प्राविधिक अप्ठेरो देखाएर एउटा जिम्मेवारी छोड्न भनिएको छ । तथापि, यो प्रकरणको चुरो भनेको लामाबाट भएको ‘अनुशासन उल्लंघन’ नै हो ।
पत्रमा लेखिएको छ, ‘एनएसीको प्रवक्ताका रुपमा अतिरिक्त जिम्मेवारी निभाउँदा तपाईंमा पर्न सक्ने दबाव उडान सुरक्षाका लागिले घातक हुन सक्ने तथ्यलाई ध्यान दिँदै प्राधिकरणले २६ अप्रिल (१३ वैशाख) मा गरेको निर्णयअनुसार तपाईंलाई सुचित गरिन्छ कि जबसम्म तपाईं प्रवक्ताको जिम्मेवारीबाट मुक्त हुनुहुन्न, तबसम्म प्राधिकरणले जारी गरेको एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स १४४ (ए) लाई उपभोग गर्न सक्नुहुने छैन ।’

यसको अर्थ हो, निगमको प्रवक्ता रहेसम्म लाइसेन्स निलम्बन हुने । सो पत्र आएलगत्तै निगमले लामालाई सोमबार नै प्रवक्ताबाट हटायो र यसको जानकारी प्राधिकरणलाई गरायो । त्यसैले लामाको लाइसेन्स निलम्बन हुनबाट जोगियो । तर, हतारमा समाचार लेखिँदा गलत सन्देश सम्प्रेषण हुन पुग्यो ।

प्राधिकरणको पत्रमा लामालाई ‘अनुशासनको कारवाही’ गरिएको झल्किँदैन । प्राविधिक अप्ठेरो देखाएर एउटा जिम्मेवारी छोड्न भनिएको छ । तथापि, यो प्रकरणको चुरो भनेको लामाबाट भएको ‘अनुशासन उल्लंघन’ नै हो ।

लामाले एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तालाई लिएर प्रश्न उठाउँदै प्राधिकरणले उनलाई स्पष्टीकरण सोधेको थियो । यद्यपि, स्पष्टीकरण पत्रमा पनि अनुशासन उल्लघंनको सिधा आरोप लगाइएको छैन ।

लामाले यूट्यूव अन्तरवार्तामा के भनेका थिए भनेर खोतल्नु अगाडि यस प्रकरणको जरोतिर फर्किउँ ।

गत चैत १९ गतेको घटना यससँग जोडिएको छ । त्यसदिन राति सवा ९ बजे दुबईका लागि उड्नुपर्ने एनएसीको जहाज रातभर काठमाडौं बिमानस्थलमा रोकिएको थियो । प्राधिकरणले ४ मिनेट पनि समय नदिँदा उडान हुन नसकेको र यसले निगमको साख गिर्नुका साथै आर्थिक क्षतिसमेत भएको भन्दै लामाले प्राधिकरणको नेतृत्वमाथि आक्रोश पोखेका थिए ।

के भएको थियो ?

नेपाल एयरलाइन्स विमान डिलेका लागि ‘प्रख्यात’ नै छ । यसका उडानहरु केही मिनेट होइन, केही घन्टा ढिला हुनु पनि सामान्य मानिन्छ । तर, त्यस दिन भएको ढिलाईमा निगम जिम्मेवार नभएको लामाको तर्क थियो । आखिर के भएको थियो त १९ चैतमा ?

करिब चार महिनाअघि विमानस्थलले नोटाम (विमानस्थल बन्दको सूचना) जारी गरेको थियो, जसमा धावनमार्गमा नयाँ कालोपत्रे गर्नुपर्ने भएकाले अप्रिल १ देखि तीन महिनाका लागि दैनिक १० घन्टा बिमानस्थल बन्द गरिने उल्लेख थियो ।

नेपाल एयरलाइन्सको दुबई उडान नोटामबाट प्रभावित हुने समयभित्र पर्दैन । किनकि यससँग अतिरिक्त ४५ मिनेट समय हुन्छ । त्यस दिन आर ए २३१ विमानलाई निगमका पाइलटले बेलुकी सात बजेदेखि ह्यांगरबाट पार्किङ वेमा ल्याउने अनुमति मागेको बताइएको छ । एयर ट्राफिक कन्ट्रोलले ८ः३५ मा मात्रै अनुमति दिए । तैपनि ८ः३५ मा उड्ययन गेटमा राखिएको जहाजले आरामसँग ९ः३० भित्रमा उड्न सक्थ्यो ।

तर, यात्रुहरु मिसप्लेस हुँदा केही ढिलाइ भयो । समाचारमा आएअनुसार, निगमको दोहा जानुपर्ने यात्रु र दुबई जानुपर्ने यात्रु अलमलमा गलत जहाजमा बस्न पुगेका थिए । उनीहरुलाई सार्ने क्रममा केही समय गुज्रियो ।

यात्रुहरु ९ः३५ बजे मात्रै सही विमानमा बसे । त्यसपछि बिमानमा इन्धन राखियो । ९ः४५ मा इन्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो र बिमानका सबै ढोका बन्द गरिए । अनि, बल्ल पाइलटले एटीसीसँग उडान अनुमति मागे ।

तर, निगमको जहाजभन्दा अगाडि ड्रागन एयरको वाइडबडी जहाजले अनुमति पाइसकेको थियो । नेपाल एयरलाइन्सले यात्रु चढाउन थालेपछि ९ः१० मा हङकङबाट क्याथे ड्रागन ल्यान्ड भएको थियो । उसले यात्रु उतारेर यताका यात्रु फटाफट चढायो । ड्रागन एयरको जहाज रनवेमा जाँदा निगमको जहाज ट्याक्सी वेमै थियो । ड्रागनका कारण बोर्डिङ गरिसकेको निगमको जहाजलाई रन वेमा जान केही मिनेट ढिला भएको थियो ।

दुईवटा वाइडबडी एकैपटक रन वेमा लैजान मिल्दैन । र, ड्रागन ९ः५७ मा तीन सय ५ यात्रु लिएर उडिहाल्यो । तर, निगमको बिमान हेरेको हेर्‍यै भयो । १० बजेपछि विमानस्थल बन्द भएको भन्दै कन्ट्रोल टावरले निगमको जहाजलाई उडान अनुमति दिन नसक्ने बताइदियो ।

चालक दलका १४ सदस्यसहित २७६ यात्रु विमानभित्र थिए । ११ः०७ मा चालक र क्रु मेम्बर सबै निस्किए । यात्रुहरुले भने उडान हुनुपर्ने भन्दै होहल्ला गरे । केही यात्रुलाई निगमले निकालेर होटलमा लगेर राख्यो । तर, सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो ।

निगमका प्रवक्ता लामाले आफ्नो पाइलटले उडानका लागि ४ मिनेटको समय माग्दा पनि एटीसीले नदिएको बताएका छन् । विमानस्थल प्रशासनले भने १० बजे विमानस्थल बन्द भएपछि मात्रै अनुमति मागिएको दाबी गरेको छ ।

रातभर यात्रुलाई धावनमार्गमा रहेको विमानभित्र राखिनु यो एउटा गम्भीर घटना हो । यसमा नागरिक, निगमका पाइलट र एयर ट्राफिक कन्ट्रोलर दुवैतर्फको कमजोरी रहेको भनेर सरकारद्वारा गठिन छानविन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको ठहर्‍याइएको छ भने बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको जनाइएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरेको छ ।

यात्रुहरु रातभर विमानभित्र अलपत्र परेको घटनाका बारेमा पाइलट विजय लामाले फेसबुकमा लेखेको प्रष्टीकरण यस्तो छ–

१. ह्यांगरमा राखिएको जहाजलाई पार्किङ वे ल्याउनलाई साँझ ६ बजेदेखि अनुमति माग्दा पनि ८ः२५ प्राप्त भएपछि मात्र वेमा ल्याइएको अनि ८ः३५ मा जहाजको ढोका खोलिएको र उडान कर्मचारी छिरेको ।

२. ए ३३० वाइडबडीलाई त उडान तयारी कम्तीमा १ घन्टा ३० मिनेट लाग्छ । त्यही पनि सबैको सहयोग र नोटामको समयलाई ध्यानमा राखी साढे ९ बजे यात्रु सबै राखी उडान तयारी अवस्थामा हुँदा सानो प्राविधिक कारण ढोका खोलिएको अनि पुन ९ः४५ मा बन्द गरी उडान अनुमति ९ः४७ मा मागेको । त्यो भनेको नोटाम सुरु हुनुभन्दा १३ मिनेट अगाडि नै मागेको । पुस ब्याक गरेको ४ मिनेटमा नै उडान भर्न सक्छु भन्दा पनि अनुमति दिइएन ! कतै पनि तोकिएको नोटामको समय कट्दैन थियो ।

३. ड्रागन एयर ९ः५७ मिनेटमा उडेको ।

४. १० बजे नै टावर र विमानस्थल बन्द भएको । यदि त्यो ड्रागन एयरले ३० मिनेटभित्र आकस्मिक अवतरण गर्नुपरेको भए के हुन्थ्यो ? नेपालको हवाई क्षेत्र छाडेर जान नै करिब १५ मिनेट लाग्छ ।

लामाको ‘विवादस्पद’ अन्तरवार्ता

निगमको प्रवक्ताका हैसियतले लामाले दिएको यो प्रष्टीकरण स्वाभाविक नै थियो । तर, त्यसभन्दा अगाडि नै उनले एउटा यूट्यूव च्यानललाई आक्रामक अन्तरवार्ता दिएका थिए, जसलाई प्राधिकरणले पचाउन सकेन । अन्तरवार्तामा उनले आफ्नो लाइसेन्स खारेज गर्न प्राधिकरणलाई चुनौति दिएका थिए ।

‘सत्य बोल्दा जागिर धरापमा पर्छ भने अरु काम गरौंला,’ उनले अन्तरवार्तामा भनेका छन्, ‘कालो खाए पो कालो निकालिन्छ । मलाई डराउनुपर्ने केही आवश्यकता छैन ।’

युट्युव अन्तरवार्तामा उनले बोलेका केही शब्द यस्ता थिए :

‘‘हामी थकित छौं, स्ट्रेसमा छौं । यसमा कामको कुरा आउँछ । स्वास्थ्यको कुरा आउँछ । आज रातभरि निद्रा लागेको छैन । नेपाल एयरलाइन्सको चिन्ता छ । धेरै सोचमा बस्दा बस्दा थाकिँदो रहेछ । आफ्नो गल्ती भएको भए सायद फरक पर्दैनथ्यो, क्षमा माग्ने थियौं । तर, आफ्नो गल्ती नहुँदा नेपाल एयरलाइन्स र यात्रुलाई दुःख हुने र समस्त उडान उथलपुथल हुने समस्या आउँदा गाह्रो हुँदो रहेछ ।’

‘विमानस्थलको रन वे जीर्ण अवस्थामा छ, र त्यसलाई मर्मत गर्ने कुरामा म पनि खुशी छु । तर, यात्रुहरु बोर्ड भइसकेको जहाजलाई उड्नका लागि ४ मिनेट पनि नदिइनु आपत्तिजनक हो । यस्तो अवस्थामा १ घन्टा मागेको भए पनि दिनुपथ्र्यो ।’

‘पार्किङ स्पेस छैन भने यतिका एयरलाइन्सलाई किन अनुमति दिइयो ? तपाईंको घरमा १० बेड छ भने ३० जनालाई कसरी सुताउने ?’

प्राधिकरणले सोधेको स्पष्टीकरणमा लामाले कडा जवाफ फर्काएका थिए । उनले प्राधिकरणसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकारै नभएको बताएका छन् ।
‘राष्ट्रसँग संलग्न संयन्त्रहरुले राष्ट्रिय ध्वजाबाहकलाई सहुलियत दिनु पर्छ कि पर्दैन ? केही दिएको छ ? हिजो ४ मिनेट दिएको भए के रन वे नै पूरा फुटेर आउँथ्यो ? देश समृद्ध बनाउने हो भने २४ घन्टा काम गर्नु पर्छ कि पर्दैन ? २७६ जना यात्रुले कति मानसिक पीडा भोग्नुपर्‍यो ? सोझा मेरा दाजुभाइ दिदीबहिनीलाई यहीँ होटल बस्न टिकट कटाएको हो ?’

‘हामी सबै कर्मचारी भोक, निद्रा, घाम पानी नभनी उडिरहेका छौं । एयरबस आएपछि ९५ प्रतिशत फ्लाइट समयमा उडाएका छौं । प्यासेन्जर बढेका छन् । तर, पत्रकार मित्रहरुले मात्रै हाम्रो टाइममा उडेन भन्छन् । विदेशी एयरलाइन्सका जहाजहरु ढिलो हुँदा कुनै न्युज आउँदैन ।’

‘म चेयरम्यान साबसँग अनुमति लिएर बोल्दैछु । मैले प्राधिकरणका सबै मान्छे खराब भनेको छैन । सिस्टमको कुरा गर्न पाउने कि नपाउने ? (यति बोल्दा) मलाई कालोसुचीमा राख्ने हो ? राखेर कुरा गर्ने भए गरौं । म डराएको छैन । म्याक्सिमम के गर्नुहुन्छ ? लाइसेन्स खारेज गर्नुहुन्छ होइन ? गरे हुन्छ । सत्य बोल्नको निम्ति लाइसेन्स गुमाउन तयार छु, आपत्ति छैन । जहिल्यै नेपाल एयरलाइन्स खराब कति भन्ने ?

लामाको यो अन्तरवार्ता प्रशारण भएपछि नागरिक उड्ययन प्राधिकरणमा छलफलको विषय बनेको थियो । त्यसपछि वैशाख ४ गते प्राधिकरणले लामालाई स्पष्टीकरण सोध्यो ।

स्पष्टीकरण पत्रमा पनि पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको वा अनुशासन उल्लंघन गरेको आरोप भने लगाइएको छैन । अन्तरवार्तामा लामाले आफू थकित र तनावग्रस्त हुने भनेर बोलेको विषयलाई इस्यू बनाइएको छ । तनाव र थकानमा रहने पाइलटले कसरी सुरक्षित उडान गर्न सक्छ भनेर प्रश्न उठाइएको छ ।

प्राधिकरणले सोधेको स्पष्टीकरणमा लामाले कडा जवाफ फर्काएका थिए । उनले प्राधिकरणसँग आफूलाई स्पष्टीकरण सोध्ने अधिकारै नभएको बताएका छन् । प्राधिकरणलाई लामाले दिएको जवाफको व्यहोरा यस्तो छ :

‘हामी सबैलाई थाहा छ कि हामी रुल अफ लबाट प्रशासित छौं न कि कुनै व्यक्ति वा व्यक्तिगत अनुगमनबाट । पत्रमा तपाईंले मलाई स्पष्टीकरण माग्नुभएको छ । कानूनी शासन प्रणाली अन्तरगत कुनै पनि निकायलाई एक व्यक्तिसँग स्पष्टीकरण सोध्नलाई कानूनी अधिकार देखाउनुपर्छ । तपाईंले कुनै कानून देखाउनुभएको छैन, जसले तपाईंलाई मसित स्पसष्टीकरणका लागि अधिकार दिन्छ ।

यो पनि सम्झाउन चाहन्छु कि तपाईंले संविधानले सुनिश्चित गरेको मेरो अभिव्यक्ति स्वतन्त्रता लगायत आधारभूत अधिकारहरुमाथि अतिक्रमण गर्ने प्रयास गर्नुहुँदैन । छोटकरीमा भन्दा तपाईंको पत्र नै वैध छैन किनकि यसलाई कानूनले साथ दिँदैन । साथै तपाईंले प्रयोग गरेको ‘दोहोरो भूमिका’ भन्ने शब्द अपमानजनक छ ।

तपाईंको सूचनाका लागि, मैले १९८८ देखि पाइलटका रुपमा देशको सेवा गरिरहेको छु र त्यसका अतिरिक्त मैले अभिनेता, पत्रकार, सामाजिक कार्यकर्ता र प्रशिक्षकका रुपमा पनि जिम्मेवारी निर्वाह गरेको छु । हालै निगमले मलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । अहिलेसम्म मैले आफ्ना सबै जिम्मेवारीहरु कुशलतापूर्वक व्यवस्थापन गरेको छु । मलाई ककपिटभित्र पाइलटको भूमिका थाहा छ । युनिफर्ममा हुँदा म पूर्णरुपमा तनावमुक्त हुन्छु र यात्रुहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्‍याउन सक्षम छु ।’

प्राधिकरणले पाइलटको लाइसेन्स खारेज गर्न सक्छ ?

नागरिक उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरण हो । नागरिक उड्डयन नियमावली ०५८ मा प्राधिकरणलाई पाइलटको लाइसेन्स खारेज वा निलम्बन गर्ने अधिकार दिएको छ । तर, त्यसका लागि केही पूर्वशर्त छन् ।

लामाको सन्दर्भमा प्राधिकरणले आवेशमा आएर रीत नपुर्‍याई निर्णय लिएको देखिन्छ । अधिकारप्राप्त अधिकारीले निरीक्षण गरेर प्रतिवेदन दिएपछि त्यसको आधारमा निगमलाई कारवाहीका लागि सिफारिस गर्नुपर्नेमा सोझै लामालाई पत्र पठाइएको छ । यसमा केही न केही पूर्वाग्रह झल्किन्छ ।

प्राधिकरणले लामालाई सोमबार पठाएको दोस्रो पत्रमा उनले दिएको प्रष्टीकरणप्रति असन्तोष व्यक्त गरिएको छ । पत्रमा लेखिएको छ, ‘तपाईंले पठाउनुभएको स्पष्टीकरण पत्र असान्दर्भिक हुनुका साथै अतार्किक पनि छ । नागरिक उड्डयन प्राधिकरणको एटीपी लाइसेन्सबाहेकका रुपमा तपाईं नेपालको नागरिक उड्ययनसँग सम्वन्धित नियमहरुका बारेमा जानकार हुनैपर्छ । एउटा लाइन क्याप्टेनका रुपमा तपाईंले प्रवक्ताको अतिरिक्त सांगठिनक भूमिकाको औचित्य सावित गर्न सक्नुभएन, जसले सुरक्षित उडानलाई प्रतिकूल प्रभाव पार्न सक्छ ।’


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५