मोदीसँग द्धिपक्षीय महत्वबारे छलफल हुन्छ : डा. भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । ओली बिहीबार दिउँसो भारत जाँदैछन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले यस्तो जानकारी गराएका हुन् । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ । त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीपनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’ बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेपनि स्पष्ट पारे । उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँह?बीच सामान्य छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ ।

भट्टराईले नेपाल र भारतबीच अ?को भन्दा बढि नै चासो रहेको पनि सुनाए । उनले भने,‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्यापनि छन् । पछिल्लो समय समस्याह?पनि समाधानतर्फ उन्मुख छन् ।’ सन् २०१८ मा तीन चार वटा विषयह? समाधान गर्न सफल भएको उनको दाबी छ । उनले थपे,‘बाँकी विषयह? पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीह? अघि बढिरहेका छौं ।’

उनले नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए । उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ ।’फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘हामी दुवै पक्षका सदस्यह?ले सर्वसम्मतीले प्रतिवेदन तयार पारेका हौं । भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’

भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । उनले भने,‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’
भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ । उनले भने,‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ । बास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ ?पमा महत्व दिएको छ ।’

सिंहले मोदी प्रधानमन्त्री बन्नुपुर्व नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रले चलाएको भएपनि मोदी आएपछि धेरै राम्रो भएको सुनाए । उनले भने,‘पहिले हामी भारतसामू निरीह थियौं, मोदी आएपछि धेरै सुमधुर सम्बन्ध भएको छ । अहिले सम्बन्ध राम्रो छ ।’ उनले विगतमा दुई देशबीच भएका सम्झौताह?लाई हल्काफुल्का ?पमा लिईने गरेका भएपनि अहिले ती सम्झौताह?प्रति नेपालले आफ्नो चासो देखाउन थालेको र भारतलेपनि चिन्ता लिएको जिकिर गरे ।

नेपालले भारतबाट लाभ लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्नेमा पनि उनको जोड छ । उनले भने,‘भारतसँगका सबैखाले अवसरह? लिनको लागि हामीले सदुपयोग गर्नुपर्छ । हामी चुक्नुहुँदैन्।’ उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुनेपनि सुझाव दिए । भारतसँगको सम्बन्धको विषयमा नेपालले राष्ट्रिय सहमति कायम गर्नुपर्नेपनि उनको धारणा छ ।

उनले भने,‘भारतसँगको नेपाल सम्बन्ध अब कुनै पार्टीको या नेताको मात्रै नभएर सम्पूर्ण नेपालीह?को साझा दृष्टिकोण हुनुपर्छ । हामीले यसमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक छ ।’ मोदीले खोलेको नेपाल–भारत सम्बन्धको राजनीतिक ढोकालाई आगामी दिनमा अझै सशक्त ?पमा लैजानुपर्ने पनि उनले सुझाव दिए ।

उनले नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटह? सञ्चालनमा आउने भएकोले यसलेपनि दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने बताए । नेपालले पनि भारतसामू बोलेका कुराह? पूरा गर्नुपर्ने उनको भनाई छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५