शिङ्साबा समुदाय र गाईगोरुको अंगको सांस्कृतिक संस्कार

जन्तीका मुख्य प्रतिनिधिहरु सामुन्नेमा गईगोरुको टाउको खुटा सहितको सिंगो मासु जसलाई “जु” भनिन्छ,सहित /तस्बिर सौजन्य : सचिन लामा

पृष्ठभुमि :
नेपाल विभिन्न जात जाती,जातजाति अनुसारको धर्म संस्कार संस्कृति गरिने बिबिधतायुक्त समाज रहेको देश हो। आदिम कालदेखी मानिदै आएको संस्कार संस्कृति मान्ने समुदाय जातजाति कालान्तरमा परिस्कृत रुपमा संस्कार संस्कृति अँगाल्दै आईरहेका छन ।यसरी जस्ताको तस्तै संस्कार संस्कृतिको निरन्तरता दिनुपर्छ भनेर लागिपर्नुपर्छ भन्ने मुल जाती `शिङ्साबा´पनि एक हो। `शिङ्साबा´जाती संखुवासभा जिल्लाको उत्तरी दुर्गम क्षेत्र तत्कालीन `शिङ्सा लुङ्ब´ हालको भोटखोला गाउँ पालिकामा बसोबास गर्ने समुदायलाई भनिन्छ। नेपालमा नागरिकता ऐन २००९ साल लागू भएपछि र भुमिसुधार ऐन लागू भएपछि भने सबैले `भोटे´ लेख्ने गरिएको पाईन्छ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ लागू भएपछि सूचीकरण ५९ जातिमध्ये त्यहाँको बासिन्दालाई ल्होमी( शिङ्साबा) भनेर सूचीकरण गरिएको छ भने भोटे भनेर सिमिकोट बाजुरा जिल्लाका बासिन्दालाई सूचीकरण गरिएको छ।माओवादी द्वन्द्वकाल संगै पहिलो संविधान सभामा माओवादीले भोटे – जडान स्वायत्त क्षेत्र भनेर सिमिकोट,बाजुरा जिल्ला सहित पश्चिममा आवाज उठाएको छ ( हेर्नुहोस: जडान प्रदेश माग गर्दै सिमिकोट बन्द,ekantipur.com २०६९ जेठ ७ गते, संघीय नेपालमा भोट स्वायत्त प्रदेश,हिमाल खबर पत्रीका २०६७ पुस १६-३०)। शिङ्सा क्षेत्र भोटखोलाका बासिन्दामा थिकेपा,नुप्पा,पोङ्स्युवा,स्यारिङाप्तात,पेरुपा लगायतका थरहरु( हेर्नुहोस:लोबेनको ( बिजुवा) को फिचिस्युङम नामक पुस्तकमा ३६० फोला उल्लेख छ्न)छ्न।तर बाजुराका सूचीकरण भोटेहरुमा बोगटी भोटे,गुरुङ भोटे,भन्डारी भोटे,थापा भोटे,बिष्ट भोटे लगायत उल्लेख गरेको पाईन्छ,( हेर्नुहोस: नेपाल भोटे जनजाति सेवा समितिको कार्यसमिति २०७३ को नामावली )।

संस्कार संस्कृति :

यस क्षेत्रमा बसोबास गर्ने समुदायले जन्मेदेखी मृत्युसम्म विधि पुर्वक संपुर्ण संस्कार गर्ने गरिन्छ।यी समुदाय मिश्रीत खालको धार्मिक विधि अपनाउने गरिन्छ। बौद्ध धर्म अनुसार संस्कार गर्दा लामालाई बोलाईन्छ।लामाले काटमार गरिदैन।उसले गर्ने हरेक संस्कार प्राणिको बलि बिना गरिन्छ।त्यसैगरी बलि चढाएर गरिने धार्मिक गुरुलाई लोबेन (बिजुवा)भनिन्छ।उसले गरिने पुजाआजामा काटमार सहित प्राकृतिक पुजकको रुपमा संस्कार गरिन्छ।त्यसैगरी महिला पनि हुन्छ जसलाई खेन्डेम (डाकिनी ) भनिन्छ।

यी समुदायले गरिने संस्कारहरु जम्निदा न्वारन गरिन्छ।न्वारन गर्दा लामा लोबेन दुबैले गर्ने गरिन्छ। मृत्यु हुँदा भने लामाद्वारा नै सबै काज क्रिया गर्ने गरिन्छ।

बिबाह संस्कार :

अन्य जाती समुदायमा जस्तै यस समुदायको महत्त्वपूर्ण संस्कार भनेको बिबाह संस्कार हो । बिबाह संस्कार जुनसुकै जाती समुदायको पनि खुशिको अवसरको एक क्षण हो। भोट्खोला शिङ्सा क्षेत्रमा गाउँ अनुसार नै केही फरक फरक तरिकाले नै बिबाहको क्रियाकलाप गर्ने गरिन्छ। तर सारमा भने एउटै हुन्छ।

यस समुदायले मरौ भएको बेला पनि लागेले केही मासु `तोर्मा´ ( ढिडोले बाटेको)मा लगाउने गरिन्छ त्यसलाई `दिम्स्याक´ भनिन्छ।यसमा गाईगोरुको आलाबा अन्यको पनि राख्ने गरिन्छ तर गाईगोरुको नै अनिवार्य छैन।

यस समुदायमा कम्तिमा बिहेको काम दुईपटक गरेकै हुन्छ।शुरुको टिका टालो जसलाई `टेशिमेलम ´ भनिन्छ। सबैलाई भोज खुवाउनुपर्ने भएकोले सुँगुर भए सुँगुर नभए गाईगोरु काटेर नै भोज गर्ने गरिन्छ ।जब माईतिपक्षलाई रित बुझाउनुपर्ने सहितको बिहे गरिन्छ त्यतिबेला भने गाई वा गोरुको टाउको र खुट्टा सहित सिङ्गो मासु जन्तिका मुख्य समूह र केटि पक्षले बोलाएको गोबागेन्सुम ( गोबा तथा मझिया)लाई अनिवार्य राखेको हुनुपर्ने हुन्छ।

यसरी रित बुझाउने क्रममा केटापक्षको मुख्य नायक जन्तिको अगुवाई केटापक्षको आफ्नै थरको नजिकको काकाले गरेको हुन्छ।जसलाई `धेप्पु´ भनिन्छ। उसले विधि पुर्वक संबोधन सहित क्रमागत रुपमा माईती पक्षलाई आदर गर्दै प्रस्तुति दिनुपर्ने हुन्छ।यसरी गरिने प्रस्तुतिलाई `मोल´भनिन्छ।त्यही बेला केटिपक्षले बोलाएको गोबा गेन्सुमलाई ( तत्कालीन शासक) गोरुको टाउको राख्नुपर्ने हुन्छ। गाई वा गोरुको टाउकोसंगै चिन्डोमा छनुवा जाँड राखेको हुन्छ।जसलाई छ्याङ्गु भनिन्छ।त्यो चिन्डोको जाँड उक्त टाउको पुर्‍याउनेको बोक्नेको लागि दुखसास्ती वापतको लागि भनेर राखेको हुन्छ। `गोबा वा गेम्बु´ जो छ उस्को अगाडि चिनेर राख्नुपर्ने हुन्छ।त्यसपछि `मोल´ वाचनमा रबु चिचिगी दाक्पु ,,,,,,,,हुप्च्याल सारो दाङ लुङ्रोगि टोल गोसुक च्यिक छ्याङ्गु च्यिक दाङ गुदर झेनी सुम्जेङ्गी नाम्बल भुमु चिसल,,,, अर्थात शिरमा  रहेर हरेक सेवा र सहयोग गर्नुभएको सुखद कामको स्थानीय नियम तथा रितिथिति अनुसार सिङ्गो टाउको थान १,जाँड सहितको चिण्डो थन १ र खादा सहित तीन थोक बुझाएर तपाईंको छोरिचेली हामिलाई सुम्पिदिनु हुन बिन्ती गर्दछु, भनेर भनिन्छ।

यसरी रित बुझाउने क्रममा माईती पक्षकालाई भनेर `धेप्पुले´ मोल मार्फत चली आएको चलन भनेर डे डेगा च्यिक,छ्याङ छ्याङ्गा च्यिक दाङ स्या दाकम च्यिक काङस्य अर्थात माग अनुसारको चामल,जाँड र मासु खुट्टा सहितको तपाई माईती समक्ष बुझाएका छौ भनेर गोरुको खुट्टा सहितको सिङ्गो मासु दिइन्छ।

केटापक्षको जन्ती केटीकोमा रित पुर्‍याईसकेपछी भोलिपल्ट जन्तिको मुख्य प्रतिनिधिलाई बिदाई गरिन्छ। गाउँ अनुसार कुनैमा तिनजना प्रतिनिधि हुन्छ्न कुनै गाउमा चार जना हुन्छ्न। जन्तिले दुखसुख गरेको भन्दै बिदाईमा धेप्पु काका पट्टि स्याङ्बु मुख्य मामा मिङो र सहायक गरेर चार जना हुन्छन जस्लाई `ङिन्जेन´ भनिन्छ। यसरी `ङिन्जेन´ बिदाई गर्नको लागि गाई वा गोरुको टाउको सहित मासुहरुको भाग दिइन्छ जसलाई `जु´ भनिन्छ। यसरी बिदा गर्दा गर्दा जन्ती सहित केटी वा बेहुलिको मुख्य फूपू पनि रहेको हुन्छ।जसलाई `भायोक्म´ भनिन्छ।यसरी बिदाईको क्रममा राखेपछि धेप्पुलाई गाई वा गोरुको टाउको राखिन्छ,मामा र मिङोलाई हात वा खुट्टा सहितको गाई वा गोरुको सिङ्गो मासु राखिन्छ । सहयोगी जसलाई ङियोक्प भनिन्छ उसलाई गाई वा गोरुको सिङ्गो गर्धन राखिन्छ।अन्य जन्तीहरुलाई भने मासुको केही भाग राखिन्छ।र खादा लगाई दुख सुख भएको कथन सहितको `मोल´प्रस्तुति गरेपछि बिदाई दिइन्छ।

बिबाहमा जन्तीलाई गईगोरुको टाउको खुट्टा सहितको अंग ” जु” राखेर सम्मान सहित बिदाई गरिदै /तस्बिर सौजन्य सचिन लामा

घरपैचो:
यस समुदायले नयाँ घर बनाएपछि घरपैचो गर्ने गरिन्छ जसलाई `खिम्देन´ `खिम्थेन´ भनिन्छ। घर बनाउदा पैसा हुनेले ठेक्कामा दिने पछिल्लो प्रचलन भएको छ।तर पहिला भने घर बनाउदा गुहार माग्ने चलन थियो। यसरी घर बनाउदा एक जना कर्मी ज्यालामा राखिन्छ।सहयोगी कर्मी सहित आफ्नै थरिको एकजना ब्यक्ती राखिन्छ जस्लाई `आय´भनिन्छ।आयको मुख्य अर्थ व्यावस्थापक हुन्छ।कामदार ल्याउने बोलाउने सबै `आय´व्यावस्थापको जिम्मामा रहेको हुन्छ।उनलाई पनि दैनिक ज्याला नै तोकेको हुन्छ।घर बनाउदा कर्मिको सहयोगिको रुपमा दलिन काठ बोक्न काँध गर्धन प्रयोगमा आउने हुन्छ।घर बनाईसक्छ।अब घरपैचो कार्यक्रम हुन्छ।जाँडरक्सी भोज भतेर गरेर खुशी बाड्ने गरिन्छ।सबै गाउले घर बनाउदा सक्दो काममा गुहारमा जाने गरिन्छ जो गुहारमा जान सकिँदैन घर पैचोको बेला जिन्सी तथा अन्न नगद लगेर सहयोग गरिन्छ।यसरी नगद जिन्सी सहयोग गर्ने कामलाई `देदेन´ भनिन्छ।

पहिलो दिन `देदेन´ गर्नेलाई सहित सबैलाई जाँडरक्सी खाना खुवाएर भोज गरिन्छ।भोलिपल्ट कर्मी र आय सहित अन्य बिशेष ब्यक्तिहरु फेरि भेला भएर मिस्तृ कर्मी सहितलाई बिदाई गरिन्छ । यसरी घर पैचोमा पनि मिस्त्री र `आय´ ( व्यावस्थापक) लाई गाई वा गोरुको टाउको वा हात खुट्टा सहितको सिङ्गो मासु ससम्मान राखिन्छ।यसलाई पनि `जु´भनिन्छ। मुख्य मिस्त्रीलाई यसरी दैनिक रोज सहित राखेपछि सहायक मिस्त्रीको रुपमा आयलाई पनि `जु´ राखेर मान गरिनुपर्छ । आयले दलिन काठ ढुङ्गा काँधमा बोकेर दुख गरेको भनेर गर्धनको प्रयोग गरेको भन्दै प्रतिकात्मक स्वरुप गाई वा गोरुको गर्धन `जु´ को रुपमा राख्दै घर बनाईन्जेलसम्म दैनिक ज्याला समेत राखेर बिदाई गरिन्छ।यसरी बिदाई गर्दा कर्मिको औजार समेतलाई लामा वा लोबेन(बिजुवाले) घिउको टीका लगाएर `मोल´ मार्फत प्रस्तुति गरि बिदाई गरिन्छ।

उपसंहार :
नेपाल बहुजातीय, बहुधर्मी,बहुसंस्कृती भएको देश हो। विभिन्न कालखण्डमा देशमा राजनीतिक परिवर्तन भए।नेपाल एकीकरणसंगै आदिवासी समुदायलाई दमन गर्ने क्रम शुरु भए। पहिलो मुलुकी ऐन १९१० आएपछि आदिवासीलाई मासिने जाति र नमासिने जाती भनेर छुट्याए।मुलुकी ऐन २०२० साल आएपछि गाईगोरु मारे १२ वर्ष जेल सजायको व्यावस्था गरेर आदिवासीको संस्कारलाई दमन गरे। देशमा जहानिय राणा शासन आए निरंकुश पंचायती व्यावस्था आए तर आदिवासीको संस्कार भाषा लिपि संस्कृति माथी झन्झन् प्रहार हुँदै गए।लोकतान्त्रिक गणतन्त्र आयो आईएलओ १६९ अन्तर्राष्ट्रिय महासंधी पक्ष रास्ट्र भए तर प्रथा जनित कानुन देशको कानुन सरह हुनुपर्ने त्यो हुन सकेको छैन।प्रथा जनित कानुन अनुसार नेपालका आदिवासीले गाईगोरु काटेर गरिने संस्कारले प्रतिबन्ध लाग्दै गए।

देशमा गणतन्त्र आयो नयाँ संविधान बनाउन पहिलो संविधानमा मस्यौदा तयार भयो वास्तवमा नै त्यो संविधानको मस्यौदा आदिवासीको लागि उत्कृष्ट संविधान थियो।शासकहरुको चलखेलकै कारण आदिवासीलाई अधिकार बिहिन बनाउने चलखेल स्वरुप पहिलो संविधान विघटन गराईयो।दोस्रो संविधान सभाको नाटक रचेपछी पहिलो संविधान सभाको मस्यौदा अपनत्व लिने भनिए पनि त्यसो गरिएन। राज्य पुनर्संरचना आयोगको प्रतिवेदन लत्याएर ७ प्रदेशमा लत्याउन शुरु भएदेखी धर्म निरपेक्षको नाममा घुमाइफिराई हिन्दुवाद कै चंगुलमा लगे। आदिवासी जनजाति उत्थान रास्ट्रीय प्रतिष्ठान ऐन २०५८ मा सुचिकृत ५९ जातिलाई आदिवासी नभनी खस आर्यलाई मात्र राखि संबैधानिक जात बनाए।

लगत्तै देशमा मुलुकि संहिता २०७४ को मस्यौदालाई २०७५ भाद्र १ मस्यौदालाई २०७५ भाद्र १ गतेदेखि कार्यान्वयनमा ल्याए। विभिन्न व्यावस्था फेरिए पनि आदिवासीलाई काबुमा राख्ने गौहत्याको कानुन पशुपंक्षिको महलमा राखेर ल्याए।यस महल अनुसार गाईगोरु कुट्नमार्न नपाईने कुटपिट गरि अंगभंग गरे छ महिना कैद पचास हजारसम्म जरिवाना र छ गाईगोरु मारे तीन वर्षसम्म कैदको व्यावस्था गरेको छ।यसरी परापुर्व कालदेखि गाईगोरु बध गरेर गरिदै आएको संस्कारलाई एकल जातिय संस्कार संस्कृतिको आधारमा आदिवासीको संस्कार निमिट्यान्न पार्ने काम गरेको छ।त्यस कानुनले आदिवासी शिङ्साबाको गाईगोरुको टाउको लगायतको अंग राखेर गरिने संस्कारमा खुल्ला हुनुपर्नेमा तेसो नगरी वर्तमान संविधान २०७२ को मौलिक हकको हरेक ब्यक्ती जातजातिले गर्न पाउने संस्कारको उलंघन गरेको छ।

तत्कालीन पंचायती व्यावस्थामा समेत त्यहाँ गाईगोरु मरेको भन्ने खबर प्रहरिमा पुग्दा प्रहरीहरु नै `ए ! बन्चरो भिरमा लडे होलान्´ भनेर त्यहाँको संस्कार संस्कृतिमा धावा बोल्ने अवरोध गर्ने चासो गर्दैनथे ।तर देश लोकतान्त्रिक गणतन्त्र आईपुग्दा पनि नेपालको वर्तमान संविधान २०७२ बिपरित मुलुकी संहिता ऐन २०७४ ल्याएर मानव अधिकार बिपरित एकल जातीय नश्लबाद र एकल जातिय पहिचान लादेर अन्य जातिको मौलिक पहिचान निमिट्यान्न पार्ने काम भएको छ।

देशमा गणतन्त्र आएपछि विशेषगरी आदिवासीको मुद्दाले निकास पाउने आशा गरिएका थिए।तर ठिक उल्टो भयो। मुलुकी ऐन २०२० मा गाईगोरु मारेको सजाय १२ वर्षबाट मुलुकि ऐन २०७४ आएर ३ वर्ष सजाय कायम भयो उत्तिनै धरपकड हुन थाल्यो। यत्तिको धरपकड जहानिया राणा शासन र निरंकुश पंचायती व्यावस्थामा पनि भएको थिएन।लोकतन्त्र गणतन्त्र आउदा सर्वसाधारणले गाईगोरु काटेकोमा सजायको भागिदार भैरहँदा नेपालगन्ज उपमहानगरले २०७६ साल भदौको दोस्रो हप्तामा २४ वटा गाईगोरु भिरबाट खसालेर मार्दा पनि उपमहानगरका मेयर धवल शम्शेर जबराको नाम मुछिदा कार्वाही नहुनुले मुलुकी संहिता २०७४ को पशुपंक्षी महलको ३ गाईगोरु मारे अंगभंग पारेको कसुरको बिषयमा ठुलालाई चयन सानालाई ऐन लाग्ने भनाई यथार्थमा देखिएको छ।नयाँ संविधान जारी हुनुअघि संविधानको मस्यौदामा नेपाल आदिवासी जनजाति महासंघ लगायत पहिचानवादी दलले राष्ट्रिय जनावर गाई राखेकोमा आपत्ति बिरोध जनाउदै विकल्पमा गैडा कस्तुरी लगायत दुर्लभ र लोपोन्मुख जनावार हुनुपर्ने सुझाब दिएका थिए।
                                                                                                   -निमा पोंस्युवा धरान [email protected]


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५/ ०७४–७५