आठपहरिया स्वायत्त क्षेत्र तदर्थ समिति गठन
धनकुटा / समाजवादी पार्टीले आठौं प्रदेश लिम्बुवान हुनुपर्छ भनि तयारी संगै लिम्बुवान भित्रको थातथलो खुल्ने समुदाय मध्ये आठपहरिया स्वायत्त क्षेत्र तदर्थ समिति गठन भएको छ।
बुधबार गठन भएको तदर्थ समितिमा जितेन्द्र आठपहरियाको अध्यक्षतामा १९ सदस्यीय समिति छन।धनकुटामा भएको सो तदर्थ समिति गठनमा उपाध्यक्ष अमर आठपहरिया,सचीव सोनिका आठपहरिया,सहसचिव संसारबहादुर आठपहरिया,कोषाध्यक्ष जानुका आठपहरिया र सदस्यहरुमा सामु आठपहरिया,संजिब आठपहरिया संजोग आठपहरिया हेमराज आठपहरिया,साजन आठपहरिया,रबिन आठपहरिया,प्रदिप आठपहरिया,कुशल आठपहरिया,सुजन आठपहरिया,सरोज आठपहरिया भिमकुमारी आठपहरिया, देबेन्द्र आठपहरिया,अर्जुन आठपहरिया छन। आगामी दिनमा याक्खालेन स्वायत्त क्षेत्र,याम्फुवान स्वायत्त क्षेत्र,शिङ्सा स्वायत्त क्षेत्र लगायत थातथलो खुलेका स्वायत्त क्षेत्र गठन गर्दै लाने तयारी समेत रहेको कुरा दिपक मेन्याङ्बोले जानकारी दिए।
अल्पसंख्यक समुदायको स्वायत्त स्वायत्त क्षेत्र सहितको अरुण पुर्व नौ जिल्ला लिम्बुवान हुनुपर्छ भनेर यस अघिदेखी नै आन्दोलन भैरहेका छ्न।थातथलो खुल्ने समुदायको स्वायत्त क्षेत्र सहितको लिम्बुवान स्वायत्त राज्यले मात्र वास्तबिक्ता संघीयता हुने लिम्बुवान अध्ययन केन्द्रले समेत अघि सार्दै आएको छ।
बुधबार भएको आठपहरिया स्वायत्त क्षेत्रमा गठन कार्यक्रममा समाजवादी केन्द्रिय सदस्य दिपक मेन्याङ्बो,खगेन्द्र माखिम र लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण लिम्बू लगायतको उपस्थिति रहेका थिए।
लिम्बुवान राष्ट्रिय समितिले चैत १ गते धरानमा बृहत लिम्बुवान राष्ट्रिय सभा गरिदैछ। १०+१ अनुसार लिम्बुवान स्वायत्त राज्य पनि राज्यपुनर्संरचना आयोगको प्रतिबेदनमा उल्लेख छ।२०७२ सालको संविधानले आयोग प्रतिवेदन बिपरित र पहिचानको ५ र सामर्थ्यको ४ आधार समेत लत्याएर ७ प्रदेश बनाएको छ।प्रदेश नम्बर १ लाई लिम्बुवान,किरात नामाकरनसंगै आठौ प्रदेश लिम्बुवान भन्ने दवाब र नारा सहितको राष्ट्रिय भेला हुने कुरा लिम्बुवान राष्ट्रिय समिति संयोजक खगेन्द्र माखिमले जानकारी दिए।