एमसीसीबारे निर्णायक छलफलमा नेकपाका शीर्ष नेता


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था रहेकाले नेकपा नेताहरू निर्णायक छलफलमा जुटेका हुन् । नेकपाभित्र एमसीसी सम्झौताको पक्ष र विपक्षमा एक वर्षदेखि चर्को बहस भइरहेको छ । शीर्ष नेताहरूबीच सहमति नजुट्दा लामो समयदेखि यो बहसकै विषय बनिरहेको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका शीर्ष नेताहरू आन्तरिक गृहकार्यमा जुट्नुका साथै भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेताहरूले यो विषयमा केही दिनअघि मात्रै पनि राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

पार्टी नेताहरूबीच सहमति जुट्न नसक्दा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाले सहमतिको मिलनबिन्दुसम्म पुग्ने पहल गरेको स्रोतको दाबी छ । गत आइतबार र सोमबार नेकपा अध्यक्षद्वय ओली र दाहालले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । भेटमा एमसीसी सम्झौताकै बारेमा छलफल भएको हो ।

मंगलबार दाहालले वरिष्ठ नेता नेपालसँग प्रत्यक्ष छलफल गरे पनि अन्य नेताहरूसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, वरिष्ठ नेता खनालका साथै उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापासँग दाहालले छलफल गरेका छन् ।

मंगलबार नै दाहालले सभामुख सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका बीचमा सहमति भए आफू एमसीसी सम्झौता संसद्मा अगाडि बढाउन तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमका साथै सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग भेटघाट गर्दै एमसीसीलाई टुंगोमा पु-याउने विषयमा छलफल गरेका छन् ।

बुधबार साँझ अध्यक्षद्वय ओली र दाहालबीच यस विषयमा लामो छलफल भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एमसीसी सम्झौता संसद्बाट पारित गर्नमा एकमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेकपाले निर्णय गर्नमा ढिलाइ गर्न नहुने बताए । ओली र दाहालबीचको छलफलपश्चात् आगामी बुधबार (१० असार)मा नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबाट एमसीसी सम्झौताबारे ठोस निर्णय हुने बताए । पार्टीमा लामो समयसम्म छलफल र बहस भएको बताउँदै उनले अबको बैठकले निर्णय लिने बताए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५