समाजवादी दलित मुक्ति महासंघ तथा युवा संघ गठन
नरेश क्षितिज
धरान / जनता समाजवादी पार्टी सम्वद्ध समाजवादी दलित मुक्ति महासंघ तथा समाजवादी युवा संघ धरान उपमहानगर कमिटी गठन भएकाे छ । पार्टी कार्यालय धरानमा भएकाे एक भेलाले डिल्ली विककाे अध्यक्षतामा १३ सदस्यीय दलित मुक्ति महासंघ र सुरेश लिम्बुकाे अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ गठन गरिएकाे हाे ।
पार्टीकी धरान उपमहानगर समिति बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख विना राईकाे अध्यक्षता एवम् पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य तथा सकुम्बासी ब्यवस्थापन संघका केन्द्रीय ईन्चार्ज दिपक मेन्याङ्बाेकाे प्रमुख आतिथ्यमा भएकाे उक्त संयुक्त भेलाले दुई छुट्टा छुट्टै समिति गठन गरेकाे हाे । दलित मुक्ति महासंघमा अध्यक्ष डिल्ली विक सहित उपाध्यक्षमा कमल लाेहार र जुना रामदाम, सचिवमा चिनकाजी शंकर, सहसचिवमा टीका चाहार, काेषाध्यक्षमा संगीता रामदाम, सदस्यहरुमा भक्त शंकर, रिना लामिछाने, दानबहादुर घिमिरे, रविन विक,जुयल रम्तेल, सुरेन सुन्दास र लिला घिमिरे रहेका छन् ।
त्यसैगरि समाजवादी युवा संघमा अध्यक्ष सुरेश लिम्बू सहित उपाध्यक्षमा पर्वत राई, अरमान अलि, सचिवमा सुुवाेर्ट राई, सहसचिवमा दिपक राई, काेषाध्यक्षमा डम्बर मगर, सदस्यहरुमा दिनेश राई, संजीव गुरुङ, विजय तामाङ, राेजेश राई, हिमाल गिरी, गणेश रामदाम, सराेज श्रेष्ठ, विमल श्रेष्ठ, एनु शेर्पा, कुसाङ शेर्पा, शुक्रराज लिम्बू, रामप्रसाद जिमी, सुरेश जिमी, अनिल लिम्बू, विज्ञान राई, र अभिषेक श्रेष्ठ रहेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै युवा युवा भनेकाे परिवर्तनकाे संवाहक हुन् अनि शिल्पी समूदायले याे देशकाे हरेक आन्दाेलनमा अग्रणी भूमिका खेलेकाे र समाजलाई सु सज्जित बनाएकाे समेत बताउनु भयाे । कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य भीम राई, शिल्पी विशेष समिति प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज, लिम्बुवान राष्ट्रिय समित सचिवालय सदस्य कृष्ण लिम्बू, किराँत राष्ट्रिय समिति सदस्य शुभचन्द्र राई, पार्टीका धरान उपमहानगर समिति अध्यक्ष ताजुव लिम्बू, युवा ईन्चार्ज रवि पाख्रिन लगायतले सम्बाेधन गर्दै नवगठित दुबै समितिलाई शुभकामना समेत दिएका थिए । कार्यक्रममा उपस्थितलाई युवाका प्रदेश १ सदस्य क्षितिज थापा मगरले स्वागत गरेका थिए भने कार्यक्रम संचालन शिल्पी जिशेष समिति प्रदेश १ सचिव शशी विश्वकर्माले गरेका थिए ।