निराशालाई जिबनमा कसरी हटाउने ?
बिनिता अधिकारी ।
जिबनमा निराशा सम्बन्धि केही कुरा देखेको र जीवनमा भोगेको कुरा लेख्ने प्रयास गरेको छु । हेरेर प्रतिक्रिया दिन्नु होला धन्यबाद |
जुन व्यत्ति को बानी स्वभाव निराशाले भरिएको हुन्छ जो व्यत्ति सधैं वेखुसी, उत्त्साहहिन रहेको हुन्छ जो स्वयम आफ्नो कारणले र विभिन्न अनावश्यक बिचारले व्यत्ति जिउँदो मरेको हुन्छ | यस्ता किसिमका मानिस हरुको आयु पनि धेरै छोटाे हुदै गएको हुन्छ। किनकि नकारात्मक मनोवृितले गर्दा आयु सधैं धट्ढछ ।
अचम्म ला्ग्दो कुरा हामी संसारमा स्वास्थ्य लाई सबै भन्दा ठुलो बरदान हो स्वास्थ नै धन हो भन्छौ तर स्वास्थ्यलाई बिगार्ने काम गरिरहेका हुन्छौं किन कि जब हामी खुसीका साथ आनन्दको साथ,पिडामुक्त बाच्न चाहन्न्छौ खुसी हेर्नका लागी जहिले पनि लालायित रहेका हुन्छौं र मनमा सधैं शान्ति चाहान्छौ तर निराशा लाई चाहि नजिकै राखेर निराशाले भरिएका विचारहरुलाई घरमा आएकाे पाहुना लाई जति स्वागत गछौं तेति नै निराशा लाई स्वागत गछौ , जसले गर्दा मानिसमा भएको सपना ,सोच बिचार, सुख, शान्ति, प्रसंनता ,आशा र आकाक्षाँ हरु पनि ध्वस्स्त पारिदिन्नछ । यदि हामीहरुको मनमा निराशा आउँन थाल्छ भने हामीमा भएको शक्ति ,तागत त्यसै खेरा जान्न्छ शरीर शिथिल र काम नलाग्ने हुन्छ !
हामीलाई जतिपटक निराशाले घेर्छ त्यत्ति नै पटक हामी निरुत्साहित उदासिन बन्छौ ! मानिस हरुले अझै पनि यो कुरा बुझेका हुदैनन् कि हाम्रो मनको सुखलाई नास गर्ने विगार्ने हामिहरु को मन हो जस्ले गर्दा आफ्नो सम्पुर्ण जिबन नै बर्बाद भएको हुन्छ ।कतिपय व्यतिहरुमा निराशाका भावहरु र निराशाका कालो वाद्ल छाउनका कारण मानसिक रोगी समेत बन्न पुगेको छन् जसले गर्दा महान सफलतामा समेत बाधा पुगेकाे छ।
हामीमा केही मिनेटको निराशा र बिना जागरले थुप्रै दिन देखिको प्रयास वाट गरिएका सबै कार्य लाई समाप्त पारिदिएकाे हुन्छ। खराव बिचार दुषित भावना व्यतिको प्रसन्न्ता र कार्यकुशलताको शत्रु हो | नकारात्मक बिचार भावनाले व्यक्तिको मनोवूत्तिमा र मन चरीत्र कम्जोर भएको हुन्छ र शारीरिक र मानसिक अवस्थामा पनि रोगी बन्न पुगेको हुन्छ | हामी जुन कार्य गर्न चाहान्छौ र सफलता हासिल गर्न खोजिरहेको हुन्छौ तर नकारात्मक विचारले त्त्यस कार्यलाई बिगारिदिन्छ |
धेरै मानिसको अधिकाश सयम निराशाले नै घेरिराखेको हुन्छ जस्ले गर्दा धेरै मेहनतका साथ उनिहरुले गरेको प्रयास त्त्यसै खेरा गएको हुन्छ | जब हामी आफू लाई निराश हुन दिन्छौ भने हामी के गर्दैछौ थाहै हुदैन त्यसले गर्दा हामीले हाम्रो शरीर भबिस्य प्रति खेलवाड गरिरहेका हुन्छौं । निराशाको कालो अध्यारो छायाँ ले हामीहरुको चेतनामा गहिरो छाप छोडेको हुन्छ जस्ले गर्दा डरलाग्दो रुप लिएको हुन्छ । त्यसपछी त्यस लाई आफू वाट टाढा पन्छाउनका लागि धेरै कठिन हुन्छ ।
यो कुरा सत्य हो यदि तपाईं निराशावाट घेरिनु भयो तपाईंले मनमा निराशालाई स्थान दिनु भयो र त्त्यस पछी तपाईले काम छोड्नु भयो, भने तपाईंले आफूले चाहेको चिजलाई कहिले प्राप्त गर्ने सक्नु हुन तपाईंले मनको इच्छालाई समेत पूरा गर्न सक्नु हुन । यस्तो किसिमको निराशाले आफनो जिबन मात्र नभई अन्य मानिसको जिबन लाई समेत अन्धकार छार्नु भएको हुन्छ ।अरुको सुख र आनन्दलाई समेत बिगार्नु हुनेछ । जसले गर्दा जिन्दगीभर ठूलो दुख कष्ट हुनेछ ।
त्त्यसैले जब हामीमा निराशाले आक्रमण गछ त्त्यसबेला हामीले त्त्यसलाइ दबाउनका लागि आफ्नो मन बलियो बनाउनु पर्छ ।निराशाको अगाडि आफ्नो मनलाई झुकन दिनु हुदैन । र आफ्नो इच्छा शत्तिलाई बलियो बनाउनु पर्छ ।
निराशालाई हाम्रो जिबन मा आउन नदिन वा निराशा कम गर्ने केही कुरामा ध्यान दिनु पर्छ ।
आफ्नो मनस्थितिलाई सकारात्मक आशाले भरिपूर्ण बनाउनु
पर्छ र जिबन प्रति को दृष्टिकाेण र मनोवृत्तिलाई परिवर्तन गरेर अगाडि बढनुपर्छ ।
मैले केही गर्ने सकिन भन्न्ने भावना लाई दिमाग वाट हटाउनु पर्छ ।हरेक मानिस व्यतिगत जीवनमा सफलता हासिल गरेकानै हुन्छन् तर अरुसग दाज्ने प्रवूत्ति ले मानिस सधै निराशा हुन्छन्
सफलताका अदुभुत सभावनाहरु छन् भन्ने सोच को बिकास गर्नुपछ सधैं काम गर्ने इच्छाशक्ति वढाउदौ जानुपर्छ र अरु मान्छे निराश छैनन् म मात्र निराश छु भन्ने भावना त्याग्गदै जानुपर्छ। आफू लाई दुखी मानिस देख्न छोडनु पर्छ । सबैका आ-आफ्नो दुख समस्या हुन्छनै फरक यति यो आफ्नो कथा आफै संग हुन्छ ।
साना साना कुरामा खुसी हुन सिक्नु पर्छ । आफैमा खुसी खोज्न सुरुवात गर्नुपछ। कसैको जिबनमा पनि आफुले चाहे जस्तो हुदैन त्यसैले जिबनमा आउने समस्यालाई समाधानको खोजी गरि अगाडि बढ्नु पर्छ ।
जिन्दगीमा निराशा लाई हटाउनु छ भने मान्छेहरु ले भनेका कुरालाई मनमा लिन छोडनुपर्छ किनकि दुनियाँ मा खाेट लगाउने मान्छे त जताततै भेटिन्छन ।
अरुले आफ्नो बारेमा के भन्छन के सोच्छन भनेर नसोच्नुहोस् र मतलब नगर्नुहोस् र असफलताको समयमा पनि आफुलाइ सकारात्मक सोचमा राख्नु पर्छ ।
निराशा बाट टाढा रहन प्रेरेणादायी पुस्तकहरु पढ्ने ,योग, ध्यान, शरीरिरक अभ्यास गर्ने, काम गर्दा समय तालिका बनाएर काम गर्ने,आफ्नो लक्ष्यतिर केन्द्रित हुने।
, सबैलाई खुशी पार्छु भन्ने सोंच छोडनु पर्छ हामीले जतिसुकै खुशी बनाउन खोजेपनि, सबैलाई खुशी पार्न कहिल्यै सक्दैनौ । र, जति पनि मानिसहरु छन् ती हाम्रो जीवनका हिस्सा मात्र हुन् ।पुण जीवन आफै हो भन्ने सोच्नु पर्छ ।
कसैले सहयोग गरेन भनेर आत्माबिस्वास गुमाउनु हुदैन अरुलाई भन्दा आफू लाई विस्वास गर्नुपर्छ। आफू सँगै गर्व गर्नुपर्छ।
मनलाई शान्त बनाउन आदर्श जिबन जिउन खुसी हुन जिन्दगीमा सफलता प्राप्त गर्ने रमाउन् मानिस ले निराशा लाई हटाउनु पर्छ ।
बिनिता अधिकारी ।