७३ वर्षीय वृद्धाले रुँदै भनिन – सबैले तिमी जस्तै सहृदयी सन्तान पाउन
सन्दिप योगी । काठमाडौ स्थित वृद्धाश्रममा रहेकी एक वृद्धाले आँखाबाट आँसुका थोपा निकाल्दै एक युवालाई आशीर्वाद दिदै भन्दै थिइन ‘सबैले तिमी जस्तै सहृदयी सन्तान पाउन’ । उनी भन्दै थिइन बाबू जस्तै सहयोगीहरुको सहयोगलेनै हामिलाई बाँच्न मदद गरेको छ; आफन्तले त भुली गए । जन्म दिएको छोराले ल्याएर बाटोमा फालिदियो; धन्न यो आश्रमले साहारा दिएको छ ।
यी आमा जस्तै यस आश्रमका सबै आमाहरुले ती युवालाई जाडोको समयमा तातो खाना र न्यान्यो कपडा ल्याएर दिएकोमा धन्यबाद दिँदै थिए । ती तिनै सहृदयी हात हुन जस्ले केही समय अगाडि “पर्पल हेज” नामक उत्प्रेरणामुलक पुस्तक लेखेका थिए । आशिष जङ्ग तिनै लेखक हुन जस्ले आफ्नो पुस्तकबाट आएको सम्पुर्ण आय यस्तै सामाजिक काममा खर्च गरे । उनले सो पुस्तक लेख्दानै निधो गरेका रहेछन पुस्तक बिक्रिबाट आएको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने । सोही अनुसार उनले यस वृद्धाश्रम लगायत अन्य संस्थाहरुमा पनि सहयोग गरेका रहेछन ।
उनी भन्छन हामि नेपाली संसारमै मनको धनी भनेर चिनिन्छौँ । हामिहरु मिलेर सामाजिक कार्यमा लाग्नु पर्छ । सम्पत्ति कम भएको ब्यक्ति गरीब होइन, लोभ बढी भएको ब्यक्ती गरीब हो । त्यसैले त हामीहरुले जन्म दिने आमा-बुबालाई बाटोमा छाडेर हिँडेका छौँ । ती आमा-वुवा जस्ले हामीलाई जन्माउने मात्र गरेनन हामिहरुको जीवन बनाइदिए आज तिनलाई वृद्धाश्रममा देख्दा मेरो मन कुडिन्छ ।
धर्म कमाउन मन्दिर जानू पर्दैन। अशक्त र दुख परेको मानिसहरुलाई सहयोग गर्दा मैले पाउने आनन्दको म व्याख्या गर्न सक्दिन । म चाहिँ मन्दिरमा गएर,अर्को एउटा प्राण…फुलेको फुललाई चुडाएर…ढुङ्गालाई दूध चडाएर त्यो खेर फालेर धर्म कमाउन गरेको पुजाबाट उल्टो पाप कमाउने भन्दा,भोका र असहायहरुको पेट भर्छु,चिसोमा शरीरमा तातो कपडाले ढाक्दिन्छु,सकेको सहयोग गर्छु,अनि उहाँहरुको न्याउरो मुख र चाउरी परेको गालामा मुस्कान देखेर अत्यन्तै खुशी हुन्छु।
यो पुस्तकको पहिलो संस्करण बजारमा आएको पहिलो महिनामै सकिने अवस्थामा रहेछ । उनले थपे – उहाहरुकै आशीर्वादले गर्दा मेरो पुस्तक सबैले एकदम मन पराइदिनु भयो । सबैलाई मुरि मुरि धन्यबाद ।
उनले केही समयदेखि निरन्तर रुपले ब्यक्तिगत तवरले नै यसरी असाहय ,अशक्त,अपाङ्ग,अनाथ बालबालिकाहरु र बृद्ध अवस्थामा दुख पाइरहेका आमा-बुवाहरुलाई सहयोग गर्दै आइरहेका छन र भविष्यमा पनि अरु थुप्रै योजनाहरु ल्याएर आफ्नो जीवन समर्पित गर्ने इच्छा ब्यक्त गर्छन।
हाम्रो समाजमा,भित्री रुपमा यस्तो महान कार्यहरु गरेर एउटा उदाहरण बनेका,लुकेका नेपाल आमाका सपुतहरु थुप्रै छन। आशिष जङ्ग पनि अरुले रुवाएर गएकाहरुलाई खुसी दिने,हसाउने, तिनै मध्यका एक असली जीवनको लुकेका नायक हुन । ऊनी संग उनको जस्तै सोँच भएका सहयोगी हाथहरु जोडिदै जाउन; त्यो हात झनै मजबुत बनुन र दुखिहरुलाई अझै धेरै खुसी बाड्न सकुन भन्दै मेरो आशिष जङ्गलाई सुभकामना ।