फेसन ट्रिक: यसरी लुगा लगाउँदा स्लिम देखिन्छ

लुगा त थरीथरीको लगाइन्छ, तर आफैलाई सुहाएको जस्तो लाग्दैन । ज्यान भद्दा भएर हो वा लुगा नमिलेर ? भेउ पाउन सकिदैन ।

आफैलाई आफ्नो पहिरन असुहाउँदो लागेपछि हिनताबोध हुन्छ । आत्माविश्वास हराउँछ । ‘अरुले केही भन्लान् कि ?’ यस्तो आशंकाले मनमा ग्लानी पैदा हुन्छ । भनौं, असुहाउँदो पहिरनले मानसिक तनाव दिन्छ ।

यस्तो समस्या दुई कारणले हुन्छ । एक त आफ्नो ज्यान नै असुहाउँदो हुँदा । अर्को, पहिरनको उचित छनौट गर्न नसक्दा ।

ज्यान अर्थात शरीर भनेको प्राकृतिक कुरा भयो । यसको लम्बाई, चौडाई मिलाउन गाह्रै हुन्छ । मिलाउने भनेको पहिरन नै हो । तर, कसरी मिलाउने ?

यसको पनि काइदा छ । शरीर चाहे मोटो होस् वा पातलो । अग्लो होस् वा होचो । यी चिन्ताको विषय होइन । बरु आफ्नो ज्यान अनुरुप कसरी पहिरन छनौट गर्ने र कसरी लगाउने भन्ने कुरा मूख्य हो । फेसनविज्ञहरु भन्छन्, ‘शरीर अनुसार सुहाउँदो पहिरन छनौट गर्न सक्नुपर्छ, जस्तोसुकै शरीरमा आकर्षक देखिन्छ ।’

अहिले जमना स्लिमको छ । झट्ट हेर्दा छरितो र फूर्तिलो देखिने । फेसनविज्ञहरुले पहिरनकै काटछाँट मिलाएर स्लिम देखिने उपाय पनि सुझाएका छन् । के हो त ति उपाय ?

कसरी देखिने स्लिम ?

महिलाहरु प्राय स्लिम देखिन चाहन्छन् । स्लिम देखिनकै लागि विभिन्न उपाय अपनाउने गर्छन् । त्यही चक्करमा कोही जिम जान्छन् त कोही डाइटिङ तिर लाग्छन् । कतिपय विहान विहान खाली पेटमा कागती पानी सेवनतिर लाग्छन् त कोही दिनमा ५-७ कप ग्रीन टीको सेवन गरेरै भएपनि आफूलाई स्लिम देखाउनतिर लाग्छन् ।

जबकी साधारण तरिका अपनाएर पनि आफूले आफूलाई फिट तथा स्लिम देखाउन सकिन्छ । यसको लागि कुनै ठूलो कसरत पनि गर्नु पर्दैन । आफ्नो लागि केवल दुई मिनेट छुट्याउन जरुरी छ । किनकी हामीसित यस्ता थुप्रै काइदा छन्, जसको प्रयोगद्धारा दुई मिनेट भित्रमा नै आफूलाई स्लिम देखाउन सकिन्छ ।

आरामदायी जुत्ता छनोट गर्ने

शरीरलाई स्लिम तथा आकर्षक देखाउन जुत्ताको ठूलो भूमिका रहन्छ । सही जुत्ताको छनोटले मान्छे अग्लो देखिनुका साथै शरीर स्लिम देखिन्छ । त्यसका लागि जुत्ताको छनोट गर्दा छालाको रङ्ग अनुसार जुत्ता छान्नु पर्छ । त्यस्तै, हल्का खैरो, खरानी, न्युड तथा छाला अनुसारको रङ्ग पनि उपर्युक्त विकल्प हुनसक्छ ।

जुत्ताको प्रयोग गर्दा प्यान्टमा पनि विशेष ध्यान दिनु पर्छ । यस्ता जुत्तासित प्यान्ट वा टाइट्स प्रयोग गर्दा एकअर्कासित मिल्ने कलर प्रयोग गर्नु पर्छ । यसले दृष्टि भ्रम कायम गर्छ । र, व्यक्तिको उचाई पहिलेको भन्दा केही इन्च अग्लो भएजस्तो महसुस हुने गर्छ ।

जबकी कुनै पनि जुत्ता प्रयोग गर्दा एंकल स्ट्राप वाला जुत्ताको प्रयोग नगरेकै बेस हुन्छ । किनभने यस्ता जुत्ताको प्रयोगले मान्छे अग्लो देखिनुको सट्टा झन् होचो देखाउन सक्छ ।

लुगामा विशेष ध्यान दिने

स्लिम देखिनका लागि लुगामा विशेष ध्यान दिनुपर्छ । लुगा खरीद साइजमा ठूलो वा सानो लुगा छनोट गर्नु हुँदैन । किनकी यस्ता लुगााले शरीरलाई ढाक्नुको सट्टा उजागर गरी शरीर मोटो देखाउँछ । त्यसैले, प्रत्येक पल्ट लुगा खरीद गर्दा आफ्नो शरीरलाई ध्यानमा राखेर उचित साइजको लुगा खरीद गर्नु पर्दछ । यसले व्यक्तित्व आर्कषक बनाउनुका साथै स्लिम देखाउन मद्दत गर्छ ।

ढाड सिधा राख्ने

शरीरलाई आर्कषक तथा स्लिम देखाउन शरीरको मुद्रा (पोस्चर)को पनि ठूलो भूमिका हुन्छ । विशेषगरी, यस्ता मुद्राले मानिसको शान बढ्नुका साथै कम्मरको साइज पनि सानो देखिने गर्छ । जबकी अल्छी मुद्रामा बस्दा वा अढेर लागेर बस्दा शरीरको बनावट सानो देखिनुका साथै मोटो मात्र देखिदैन । स्वास्थ्य सम्बन्धि विभिन्न समस्या समेत निम्तिने गर्छ ।

परिरेखा खिच्ने

परिरेखा (कन्टावरिङ) ले अनुहारलाई सानो देखाउनुका साथै चिउँडो डबल देखिने समस्यालाई लुकाउन मद्दत गर्छ । त्यसको लागि गाढा र हल्का रङ्गको टोन कसरी प्रयोग गर्ने भन्ने जान्न आवश्यक छ । यसको प्रयोग गर्ने सबैभन्दा सरल उपाय भनेकै आफूलाई लुकाउन मनलागेको भाग सबै गाढा बनाउनु हो । र, जुन सुकै भाग देखाउन चाहनुहुन्छ, त्यसलाई हाईलाइट गर्नु हो ।

यसको लागि यसको प्रयोग गर्ने तरीका जान्न आवश्यक छ । यसको लागि सबैभन्दा पहिले हाईलाइटरको प्रयोग गर्नुपर्छ । त्यसपछि गाढा रङ्गको कन्टावरले बाँकी भाग छोप्नु पर्छ । त्यसरी कन्टावर प्रयोग गर्दा एउटा कुरा विर्सनु हुँदैन की अनुहारको किनारा अदृश्य हुनु पर्दछ । अनुहारमा जहिले पनि सावधानीका साथ ब्राइट मेकअप प्रयोग गर्नु पर्छ । उदाहरणका लागि, रातो लिपस्टिकले चिउडो तथा बंगाराको लाइनलाई हाइलाइट बनाउन सहायता प्रदान गर्छ ।

छालाको रङ हल्का वा गाढा बनाउने

छाला जति ट्यान भयो, छालाको अतिरिक्त पाउण्ड उत्ति नै कम देखिने गर्छ । र, छालालाई ट्यान देखाउने राम्रो विकल्प भनेको ब्रोञ्जरको प्रयोग हो । त्यसबाहेक यी सरल उपायद्धारा पनि छालालाई ट्यान बनाउन सकिन्छ ।

यसको लागि सबैभन्दा पहिले छालालाई सफा गर्ने र, मोइस्चराईजर क्रिमको प्रयोगद्धारा छालालाई मोइस्चराईज राख्ने ।

यदी छाला सुख्खा छ भने स्क्रबको सट्टा स्पञ्जको प्रयोग गर्ने । र, पटक पटक छालालाई मोइस्चराईज गर्ने । साथै, घुँडा र कुइनामा विशेष ध्यान दिने ।

सही कपडाको छनोट

कुनै पनि लुगा छनोट गर्दा त्यसमा प्रयोग गरिएको कपडामा विशेष ध्यान दिनुपर्छ । कमसल सामग्री प्रयोग गरिएको कपडाले शरीर भद्दा देखाउँछ । त्यस्तै, कसिलो लुगा लगाउँदा व्यक्ति मोटो देखिन्छ ।

यसबाहेक कपडाको छनोट गर्दा चारपाटे तथा जिक ज्याक आकारको लुगा प्रयोग गर्नबाट बच्नु पर्छ । किनकी यस्ता लुगाले शरीरको ढाक्नु पर्ने भागलाई छोप्नुको सट्टा झनै उजागर गर्दछ । जबकी लचिलो तथा सललल बग्ने कपडाले शरीरलाई राम्ररी कभर गर्नुका साथै शरीरलाई स्लीम देखाउन सहायता प्रदान गर्छ ।

सही वस्तुको प्रयोग

कसिलो स्कार्फ तथा कछुवाको जस्तो घाँटी भएको लुगा सम्पूर्ण शरीरलाई नै प्रभावित पार्ने गर्छ । जबकी हल्का किसिमको स्र्काफलाई त्यसै छोड्न वा बेल्टको मुनी अड्काउन सकिन्छ । गोलो वा ‘भी’ आकारको गला सबैभन्दा राम्रो विकल्प मानिन्छ । कुनै पनि लुगाको प्रयोग गर्दा गलाको दुई तीनवटा टाक खोलेरमात्र लुगा लगाउनु पर्दछ ।

अनाश्यक भागमा बेसी ध्यान नदिने

कहिलेकाही आफूलाई राम्रो नलागेको शरीरको भाग लुकाउनमा मानिसहरु बढी समय खर्चन्छन् । यसले समस्या कम हुनुको साटो समस्या भएको अंग अझ बढी हाइलाइट हुने गर्दछ ।

उदाहरणको लागि कसैलाई आफ्नो हिप मन पर्दैन भने ठूल्ठूला पकेट भएका वा कुनै प्रिन्ट भएको जीन्सको प्रयोग गर्नु हुँदैन । किनकी हिपलाई जति कम ध्यान दियो,त्यसमा मानिसको आँखा पर्ने सम्भावना पनि उत्ति नै कम हुने गर्छ ।

हेयर ड्रेसरसित परार्मश गर्ने

विशाल तथा उठेको कपालले लुक्समा परिवर्तन ल्याउन सक्छ । त्यसैले कपाल काट्दा जहिले पनि आˆनो पहिरण तथा शरीरको बनोटलाई ध्यानमा राखेर कपाल काट्नु पर्छ । कपाल काट्दा मध्यम तथा कुभ लम्बाईको कपाल काट्न सकिन्छ । छोटो कपाल त्यतिबेला मात्र राम्रो देखिन्छ, जबसम्म कपालले गर्दन छोप्छ ।

त्यस्तै, लामो तथा सिधा कपाल मोटो मान्छेलाई सुहाउँदैन । यस्तो हेयर स्टाइलले समस्याग्रस्त क्षेत्रलाई उजागर गर्छ ।

सेपवेयरको प्रयोग

शरीरलाई स्लिम देखाउन सेपवेयर तथा स्लिम वेल्टको प्रयोग आजकल ‘आम’ मानिन्छ । सेपवेयर तथा स्लिम बेल्टको प्रयोगले शरीर स्लिम तथा फिट देखिन्छ । र, जस्तोसुकै लुगामा पनि आर्कषक देखाउन सहायता प्रदान गर्छ ।

यस्ता वेल्टको प्रयोग मोटो मान्छेका लागि मात्र नभएर दुब्लो मान्छेका लागि पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी, पेटको वोसो कम गर्न तथा हिपको साइज कम गर्न पनि सेपवेयरको प्रयोग निकै आर्कषक मानिन्छ । तर यस्ता सेववेयरको प्रयोग विशेष अवसरमा प्रयोग गर्नु वुद्धिमानी हुन्छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५