पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

काठमाण्डौं । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा  आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द  पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र  प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् ।

देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरलले बताए । केही तेस्रो मुलक तथा छिमेकी  भारतका पर्यटकसमेत अहिले पोखरामा छन् ।

विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् ।  पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको पोखरेलले जानकारी दिए । उनले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनपछि पोखरामा पर्यटकको चहलपहल बढेको छ । केही समय अझै आन्तरिक पर्यटनमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले स्वदेशी पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो । कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो । अहिले पनि आन्तरिक पर्यटकको आकर्षण प्याराग्लाइडिङमा देखिएको नेपाल हवाई खेलकूद संस्था (ना)ले जनाएको छ ।

पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेष्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ । पोखराका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक आउन शुरु भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष किसम गुरुङले लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित व्यवसायी मारमा गएपछि सवैखाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णयपछि स्वदेशी पर्यटक गाउँमा आउन शुरु गरेको बताए ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य माघदेखि सञ्चालनमा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले जनाएको छ । पर्यटकीयस्थल पर्यटकका लागि खुला भएपछि आन्तरिक पर्यटक बढ्दै गएका हुन् । यसै क्रममा काठमाडौँस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था एक टोलीले फागुन ७ देखि ९ गते पोखरा तथा गण्डकी प्रदेशका लमजुङ, क्होंलासोंथर गाउँपालिका–३ को रमणीय बस्ती रहेको घलेगाउँको समेत अवलोकन भ्रमण गरेको छ ।  गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार र मीठो खानाका लागि प्रख्यात घलेगाउँको स्वच्छ वातावरणमा मन आनन्दित भएको संस्थाका अध्यक्ष भक्तबहादुर पराजुलीले बताए ।

प्रकृति र संस्कृतिको सङ्गम घलेगाउँबाट माछापुच्छे«, अन्नपूर्ण दोस्रो, बुद्ध, हिमालचुली, लमजुङ, डा हर्क गुरुङ पिक, मनास्लुलगायत हिमाल छर्लङ्ग देखिन्छ ।  सूर्योदय र सूर्यास्तको दृश्यले पनि मोहित बनाएको उनले बताए । ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ  सङ्ग्रहालय, दृश्यावलोकनस्तम्भ उत्तरकन्या मन्दिर, कोइवो धिँलगायत सम्पदा र छिमेकी गाउँ घनपोखरा, भुजुङ र बाग्लुङपानीमा हाइकिङ गर्न जाने पर्यटकको चहलपहल छ ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact : 014212403, 9843220732
Email: nponlinetv@gmail.com
Address: Bagbazar, Kathmandu
About Us:-
Founder/ CEO : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Senior Editor: Binit Raj Aryal
Editor: Ram Raja KC
Reporter: Kabita Karki
Chief of Marketing : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
सुचना बिभाग दर्ता नं. ५३५ / ०७४–७५