बिहान उठ्ने बित्तिकै यस्ता कार्यहरु किन गर्ने ?? जन्नुहोस
बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।
-बिहानबिहानै हत्केला हेर्नुहोस्ः बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।
-मन्दिर सफा राख्नुहोस्ः घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।
– बिहानै भुमिलाई प्रणाम गर्नुहोस्ः बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।
-गाईलाई रोटी खुवाउनुहोस्ः सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।
-सुर्यलाई जल चढाउनुहोस्ः सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ ।
-तुलसीमा जल चढाउनु दिनहँु बिहान नुहाई धुवाई गरेपछि तुलसीको बोटमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ त्यसको रेख देख हुन्छ दिनहु पानी चढाईन्छ त्यहाँ सुख समृद्धि प्राप्त हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिक मानिन्छ ।
-तामाको लोटामा राखेको पानी खानुहोस् बिहान उठ्ने बित्तिकै तामाको भाँडामा राखिएको पानी पिउनु राम्रो मानिन्छ । यसको लागि राति सुत्ने बेलामा तामाको भाँडोमा पानी राख्ने र बिहान उठ्ने बित्तिकै पिउनाले पेट सम्बन्धी अधिकांश रोग कब्जियत, अपच, ग्याष्टिक आदि समस्या समाधान हुन्छ भन्ने विश्वास छ । यो काम गर्नु भन्दा पहिले चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
-तेलले मालिस गर्नु दिनहुँ सम्भव नभए पनि शरीरमा तेल लगाउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । हुन त गाउँघरमा राति सुत्ने बेलामा तेल लगाउने चलन छ । तर, तेल लगाउँदा उत्तम समय बिहानलाई मानिन्छ । तेलले मालिस गर्नाले छालाको चमक बढ्छ भने शरीर स्वस्थ्य रहन्छ । सके सम्म तेल नुहाउनु भन्दा पहिले लगाउन उचित मानीन्छ । तेल मालिस गर्नाले शारिरीक थकान पनि मेटिन्छ र शरीरमा उर्जा प्राप्त हुन्छ ।