धरानमा काङ्ग्रेस पार्टी अपराधिक कार्यमा – ताजुप लिम्बू
धरान / जनता समाजवादी पार्टी धरान उपमहानगर समितिका अध्यक्ष ताजुप लिम्बुले धरान काङ्ग्रेसले एकपछि अर्को अपराधिक तथा धम्क्याउने काम गरेको आरोप लगाएको छ।
अध्यक्ष लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाएको हो । सर्दु खोलाको गिटि बालुवा उत्खननको बिषयलाई लिएर जनता समाजवादीको युवा कार्यकर्ता समेत मुछिएपछी यस्तो स्टाटस लेखिएको हो ।स्टाटसमा सर्दुजलाधारकाे जग्गा प्रकरण देखि भ्रष्टाचारको समाचार लेख्ने पत्रकार धम्काउने काङ्ग्रेसले गरेको आरोप लगाएको छ । त्यसैगरी केहिदिन अगाडि धरान उपमहानगर वडा नम्बर १५ को अस्थायी वडा प्रहरी बिटमा आक्रमण र तोडफोडमा समेत संलग्न रहेको आरोप लगाएको छ।
त्यसैगरी काङ्ग्रेसबाट जितेर मेयर बनेका तिलक राईलाई इङ्गित गर्दै सेउति र सर्दुखाेलाकाे बालुवा गिटी टेन्डर आह्वान गर्ने मेयर काङ्ग्रेस कै भएको भन्दै त्यसमा टेन्डर पार्ने पनि काङ्ग्रेस कै रहेको आरोप लगाएको छ । आन्तरिक रुपमा भागबण्डा नमिलेर भन्ने कुरालाई संकेत गर्दै त्यसको बिरोध गर्ने पनि वडा अध्यक्ष काङ्ग्रेसकै रहेको आरोप लगाएको छ ।
जेठ २६ गते बुधबार सर्दुमा गिटि बालुवाको कुटपिटको बिषयलाई लिएर पनि काङ्ग्रेसले गुण्डागर्दी गरेको आरोप लगाएको छ । कुटाई खाने पनि सर्वसाधारण अनि पक्राउ पर्ने पनि तिनै कुटाई खाने रहेको भन्दै गुण्डागर्दी हाई हाई भएको गम्भीर आरोप लगाएको छ । यस्ता किसिमका गतिविधिलाई सर्बसाधारण धराने जनताले यसकाे हिसाब किताब गर्ने छ भन्दै चेतावनी दिएको छ ।
ताजुप लिम्बुको स्टाटस जस्ताको तेस्तै: सर्दुजलाधारकाे जग्गा प्रकरण देखि भ्रष्टाचारको समाचार लेख्ने पत्रकार धम्काउने, धरान १५ काे प्रहरी बिट ताेडफाेड, प्रहरीमाथि हतियार प्रहार सबैमा काङ्ग्रेस , सेउति र सर्दुखाेलाकाे बालुवा गिटी टेन्डर अाव्हान गर्ने मेयर काङ्ग्रेस, टेन्डर पार्ने काङ्ग्रेस, विराेध गर्ने वडा अध्यक्ष काङ्ग्रेस त्यहाँ सम्म सबै ठिक एउटा सामाजिक अभियन्ताले भाति नपुर्याएर सर्बसाधारणलाई उक्साएर विराेध गर्दा ( प्रक्रिया नपुर्याई बिराेध गर्ने प्रवृतिकाे म अफै विराेधी हाे) गुन्डागर्दी गर्ने काङ्ग्रेस अनि कुटाइ खाने सर्बसाधारण पक्राउ पर्ने , गुन्डागर्दी गर्ने हाई हाई ।यहिले यस्ताे पिक्चर छ धरानकाे । सर्बसाधारण कसैकाे उक्साहाटमा अल्पज्ञानकाे कारणले सहभागी हुनुमा उनिहरुकाे दाेष छैन । नेतृत्व गर्छु भन्नेकाे नेतृत्वकाे कमजाेरी हाे । नेतृत्वलाई पक्रनु नसक्ने अनि निर्दाेष भावनामा जाने सर्बसाधारणलाई कुट्ने पिट्ने घाईतेबनाउने र पक्राउ गर्ने याे कदापी न्याय संगत छैन । सर्ब साधारण धराने जनताले यसकाे हिसाब किताब गर्ने छ ।