विश्व रेकर्ड बनाएका नेपाली राष्ट्रिय टोलीका किशोर लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई


आइतबार बिहान ट्वीटरमा प्रधानमन्त्री ओलीले रोहितले पाएको सफलताले राष्ट्रलाई नै हर्षित बनाएको भन्दै नेपाली राष्ट्रिय टोलीका किशोर ब्याट्सम्यान रोहितकुमार पौडेललाई बधाई दिएका छन्। ।

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई! भन्दै यस्तो लेखेका हुन् |

युएई र नेपालबीच जारी पहिलो एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा शनिबार रोहित ५५ रन हानेका थिए।

यो अर्धसतक हान्दा रोहित १६ वर्ष १४६ दिनका थिए। हिजोको अर्धसतकसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धसतक हान्ने पाकिस्तानका शाहिद अफ्रिदीको रेकर्ड तोडेका हुन्।

सन् १९९६ मा अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले मात्र ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए। त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो।

अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले आफ्नो नाममा लेखाएका हुन्।

युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका लागि सातौ नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले अर्धसतक पुर्‍याउँदै उक्त कीर्तिमान बनाएका हुन्। उनले ५८ बल खेल्दै ७ चौकासहित ५५ रन बनाए।

यो रेकर्डको पहिलो नम्बरमा रोहित हुँदा दोस्रोदेखि चौथो नम्बरसम्म शाहिद छन्। पाँचौ नम्बरमा हङकङका अंशुबन रथ छन् भने छैठौंदेखि आठौं नम्बरसम्म पुनः अफ्रिदीनै छन्।

नवौं र दशौ नम्बरमा अफगानिस्तानका उश्मान घानी छन् भने ११ औं नम्बरमा पाकिस्तानकै मोहम्मद आमिर रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने पौडेल विश्वकै चौथो कान्छा खेलाडीसमेत हुन्। पौडेलले गत वर्ष नेदरल्याण्डसँग नेपालले खेलेको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो एकदिवसीयमा नेपालको लागि डेब्यू गरेका थिए। त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यू गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् उनले १४ वर्ष २३३ दिन उमेर हुँदा जिम्बाबेबिरुद्ध सन् १९९६ मा डेब्यू गरेका थिए।

यस्तै केन्याका गुरदिप सिंहले सन् २०१३ मा अफगानिस्तान बिरुद्ध डेब्यू गर्दा १५ वर्ष २५८ दिन उमेर थियो। तेस्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार छन्। उनले सन् २०१० मा अफगानिस्तानसँग डेब्यु गर्दा उनको उमेर १५ वर्ष २७३ दिन थियो।

युएईविरूद्ध अर्धशतक बनाउने ‍ रोहित नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपालीसमेत भएका छन्।

उनीभन्दा अगाडि ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी र सुबास खकुरेलले अर्धशतक बनाइसकेका छन्।

यस्तै रोहित सातौं नम्बरमा ब्याटिङ गरेर अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्। यस अघि ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले ओपनिङ्ग गर्दै, पारस खड्काले चौथो नम्बरमा तथा सोमपाल कामीले आठौँ नम्बरमा ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए।

रोहित पौडेल नेपाली क्रिकेटका १५ वर्षीय ब्याटिङ स्टार हुन् |
गत साता इएसपिएन क्रिकइन्फोले ट्वीटरमा लेख्यो- १५ वर्षको छँदा तपाईं के गरिरहनुभएको थियो? रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन्।

शुक्रबार नेपालको नेदरल्याण्डससँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच थियो। सोही म्याचमा डेब्यू गर्दा रोहित १५ वर्ष ११ महिनाका थिए। कम उमेरमा ओडिआई डेब्यू गर्ने उनी विश्वकै चौथो कान्छा खेलाडी हुन्। भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरभन्दा पनि कम उमेरमा रोहितले ओडिआई डेब्यू गरेका छन्। सन् १९८९मा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्दा सचिन १६ वर्ष ८ महिनाका थिए।

नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहित परिवारका कान्छा छोरा हुन्। उनका बुवा कुमार पौडेल इन्डियन लाहुरे थिए। सचिन तेन्दुलकरका फ्यान पनि। उनी छोरालाई डाक्टर, इन्जिनियर वा अरू केही होइन क्रिकेटर नै बनाउने चाहन्थे।

‘घरपरिवारमा क्रिकेटको वातावरण थियो। दाइ र अंकलहरू पनि क्रिकेट र फुटबल खेल्नुहुन्थ्यो,’ रोहितले भने, ‘ड्याडी छुट्टीमा आउँदा मलाई हुने ब्याट र बल ल्याइदिनुहुन्थ्यो।

रोहितका फुपूका छोरा बासुदेव थापाले २००१ मा यू-१९ टोलीबाट खेलिसकेका थिए। उनी पनि रोहितसँगै बस्थे।

उनी पढ्ने स्कुलमा पनि कहिलेकाहीँ क्रिकेट टुर्नामेन्ट हुन्थे। रोहित पढाइमा अब्बल थिएनन् तर क्रिकेटमा भने चौका र छक्का हानिदिन्थे।

‘६/७ क्लास पढ्दा अर्को स्कुलमा भएको म्याचमा मैले राम्रो खेलेको थिएँ, फर्केपछि यसले म्याच जितायो भनेर स्कुलभरि हल्लाखल्ला भाथ्यो,’ रोहितले सम्झिए।

सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप खेल्यो। त्यो प्रतियोगितामा नेपालले खेलेका सबै खेल उनले टेलिभिजनमा हेरे। त्यतिञ्जेलसम्म रहर पूरा गर्न क्रिकेट खेल्ने रोहितले त्यसपछि सोचे-अब म साँच्चै क्रिकेट खेल्छु।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
© Copyright 2017 Np Online TV.