प्रधानमन्त्री ओली र प्रचण्डको पछिल्ला भेटमा मन्त्रीमण्डल पुर्नगठनमा मतभेत !

केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको विषय चर्चामा आएको छ । यस्तो चर्चा विगतमा पनि हुँदै आए पनि मङ्गलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको बताएपछि यो विषय पुनः चर्चामा आएको हो ।मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा चर्चा शुरु भएसँगै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भने मतभेदका संकेतहरु देखिएका छन् । मन्त्रीमण्डल पुर्नगठनजस्तो विषयमा पार्टीभित्र औपचारिक छलफल नभएकोमा अरु शीर्ष नेता पनि असन्तुष्ट छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुर्नगठनबारे भनेका थिए, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ, त्यसमा भर पर्छ । प्रधानमन्त्रीसँग मन्त्रीमण्डल पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’यसबाहेक प्रचण्डको भनाई थियो, ‘प्रधानमन्त्रीजीको ‘म हेरिरहेको छु’ भन्ने भनाई रहेको छ । मैले यो तपाईंकै मूल्याङ्कनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु ।’

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको अभिव्यक्ति धेरै अर्थपूर्ण छ । उनका अनुसार प्रचण्डको यस्तो अभिव्यक्तिले मन्त्रीमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र उनको सहमति जुटेको छैन भन्ने सन्देश दिन्छ । ती नेताका अनुसार प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको विषयमा उठ्ने प्रश्नबाट जोगिन नै सचेतरुपमा प्रचण्डले ‘यो काम प्रधानमन्त्रीको अधिकार’ भएको बताएका हुन् ।

‘प्रचण्डले यस्तो किन भनेका होलान त ?’ भन्ने प्रश्नमा ती नेता भन्छन्, ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने भए प्रधानमन्त्रीको चाहनामा मात्रै नभएर पार्टीभित्र सहमति गराएर होस् भन्ने प्रचण्डको चासो देखिन्छ बुधबारमात्रै एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा प्रधामन्त्री ओलीले पनि मन्त्रीमण्डल पुर्नगठनबारे मुख खोलेका छन् । उनले भनेका छन्, ‘मन्त्रीमण्डल पुर्नगठन जहिले पनि हुन सक्ने कुरा हो । तर अहिले सोचिएको छैन ।’

प्रधानमन्त्री ओली र प्रचण्डको पछिल्ला भेटमा मन्त्रीमण्डल पुर्नगठन गर्नेबारे धेरै पटक छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमानै छन् । त्यहि अनुरुप उनले प्रचण्डसँग सहमति मागेका हुन् ।प्रधानमन्त्री ओलीले कामभन्दा अनुहार हेरेर मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव अगाडि सारपछि अध्यक्ष प्रचण्डले यो प्रधानमन्त्रीको अधिकार भन्दै पन्छिन खोजेको स्रोतको भनाई छ । यता, अध्यक्ष प्रचण्डले सबैमन्त्री फेरबदल गर्न सकिने वैकल्पिक प्रस्ताव पनि अगाडि सारेको स्रोत बताउँछ ।

मन्त्रिमण्डल पुनर्गठनमा सबैभन्दा ठूलो चुनौती सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद हो । विवादका कारण नेकपाको एकता प्रक्रिया टुङ्गिन सकेको छैन ।यहीबेला मन्त्रिमण्डल पुनर्गठन गर्दा थप विवाद हुने निश्चित छ । सीके राउतसमूहसँगको ११ बुँदे र विप्लव नेकपामाथि प्रतिबन्ध गर्ने सरकारको निर्णयले प्रधानमन्त्रीको आलोचना पनि बढेको छ एकतासम्बन्धी प्रस्ताव बनाउन गठित कार्यदलसमेत भङ्ग भएको छ । कार्यदल भङ्गका विषयमा पार्टीभित्र ठूलै विवाद छ । कार्यदलका सदस्यहरु नै विभाजित भएर छुट्टाछुट्टै प्रतिवेदन बुझाएका छन् ।


Insurance means to cover the financial risk that looms over future uncertainty. Taking this concept of monetary risk in mind, many companies provide the security services to the public. The company that provides this service is known as the insurer and the one who takes the benefit of these services is known as the insured. The process of getting insurance starts by signing a contract with agreements carefully considered by both the parties. Once the contract is signed between the insurer and the insured, premium needs to be paid on a regular timely basis. As per the contract, if any loss is incurred, then the company is obliged to cover the loss.

Various types of insurance services are provided by insurance company around the world. Health insurance covers all the risk related to one’s physical and mental health. Auto Insurance protects any loss incurred due to accidents involving a vehicle. Life insurance looks at overall risks and financial loss that may occur and if some casualties occur, then the insurance amount is given to the family of the insured. Property insurance is the insurance of any property from fire, theft and weather damage. Majorly there are two types of insurance companies. One deals with life insurance services while the second one deals with the non-life services or property insurance services.

Comments
Advertisment : 9803602855
Please contact at this number for news : 014212403, 9843220732
Email: [email protected]
Address: Bagbazar, Kathmandu
About Us:-
Chairperson/Managing Director : Nabin Rai
Chief Editor : Nilesh Adhikari (9851002729)
Reporter: Kabita Karki
Marketing Manager : Deepak Sherpa
Program Coordinator : Prabin Kiratee
© Copyright 2017 Np Online TV.