पोखरामा आमा बुवाकै अगाडी ५ वर्षीय छोरालाई सेती नदीले बगायो || हेर्नुहोस यसरी हुदैछ खोजीकार्य (भिडियो)
पोखरा हेम्जा-२५ मा डेरा गरेर बस्दै आएका बुद्धि बहादुर तामाङका पाच वर्षीय छोरालाई सेती नदीले बगाएको छ । बुवाआमाले काम गर्ने ठाउमा परिवार संगै गएका ५ वर्षीय बालकलाई सेती नदीले बगाएको हो ।
परिवारका अनुसार उनीहरु बिहानै उठेर कामको शिलसिलामा सेतीको किनारमा पुगेका थिए । आफुहरुले देख्दा काम गर्ने स्थान कै नजिकै छोरा एक्लै बालुवामा खेल्दै थिए । बालुवा चाल्ने काम गर्दै गर्दा उनीहरुलाई किनारमा रहेका छोरा सेतीको नदिको डिलतर्फ गएको थाहा नै भएन । बुवाका अनुसार आफुहरुले देख्दा छोरालाई नदीले बगाई सकेको र नदीमा पानीको सतह बढेको कारण छोरालाई बगाएको थोरै देखिएको भएपनि कहा पुर्यायो भन्ने अहिले सम्म थाहा भएको छैन ।
आमाको मन नै हो आफुले जन्म दिएको छोरालाई सेतीले बगाएपछि उनी ब’चाउन खोज्दै थिइन् तर अनेक प्रयास गर्दा पनि छोरालाई भेटाउन सकिएन । छोरालाई ब’गाउने बित्तिक्कै बुवाले चिच्चाउदै सहयोग मागेको भएपनि सबैजना जुट्दा छोरालाई खोलाले ब’गाइसकेको थियो र पौडी खेल्न नजान्ने भएको कारणले आफुहरु छोरालाई उद्दारको लागि सेतीको बिच भागमा पुग्न पनि नसकेको परिवारले बताएका छन् ।
यस स्थानमा ५ वर्षीय बालकलाई सेतीले बगाएको समाचार प्राप्त हुन् साथ् जिल्ला प्रहरी कास्कीको मातहतमा रहेको वडा प्रहरी कार्यालय बगरको टोली उद्दारको लागि पुगेको थियो। स्थानीय बासिन्दा र प्रहरीद्वारा अनेक प्रयास गर्दा पनि आजसम्म उनलाई भेटाउन सकिएको छैन। खोजीकार्य यसरी हुदै छ हेर्नुहोस् भिडियोमा: