गोकर्णेश्वरलाई भ्रष्टाचार मुक्त गराउँछु, युवा लक्षित कार्यक्रम ल्याउँछु – पेमा छिरी शेर्पा उपमेयर उम्मेदवार (गोकर्णेश्वर नगरपालिका)
एन पी अन लाईन टि.भी- काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र र जनता समाजवादीको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएका पेमा छिरी शेर्पाले नगरपालिकालाई भ्रष्टाचार मुक्त गर्ने र युवा लक्षित कार्यक्रम ल्याउने बताउनुभएको छ ।
उहाँले आज पत्रकारहरु सँग कुरा गर्दै भ्रष्टचारले मुलुक ब्याप्त रहेको र गोकर्णेश्वर नगरपालिकामा पनि भ्रष्टाचार रहेको गुनासो जनताको रहेकाले आफुले अनियमितता र भ्रष्टचार प्रती शुन्य सहनशिलता लागु गरेको बताउनुभयो ।
उहाँले नगरको बिकास गर्न यहाँँका सडकलाई स्तरोन्नती गर्ने, समाज कल्याण र स्वरोजगार प्रदान गर्ने कार्यक्रम आफुले ल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “म जनताको लागि बाँचेको मान्छे, जनताको सेवामा समर्पित छु, यही माटोको सेवा गर्छु, यहाँँका जनताको सुख र दु:खमा म सदैव रहनेछु । यहाँँ जनतालाई स्वच्छ, सफा खाने पानी, स्तरिय सडक, रोजगार, कृषिमा आधुनिकिकरण, यान्त्रिकिकरण चाहिएको छ । ति कुराहरु र आवश्यकतालाई मैले बोध गरेको
उहाँले युवा लक्षित कार्यक्रममा आफ्नो विशेष जोड रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले युवालाई लक्षित गरेर कार्यक्रम ल्याउने योजना बनाएका छौँ । स्वरोजगार र उधमशिलतालाई बढावा दिने योजना गराएका छौँ ।”उहाँले गोकर्णेश्वर नगरपालिकाका जनताले आफुलाई निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गोकर्णेश्वरको विकास गर्नु नै आफ्नो लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।