धरानमा पर्यटन दिवस,एक करोड बजेटको तारिफ,उपलब्धिको जवाफ दिन सकेन(भिडियो सहित)
निमा पोङ्स्युवा
धरान । अन्तर्राष्ट्रिय पर्यटन दिवस धरानमा औपचारिकतामा सिमित रहे । हरेक अङ्ग्रेजीमहिनाको २७ तारिकमा मनाउने पर्यटन दिवस रि थिङ्किङ टुरिज्म भन्ने मुल नाराकासाथ धरानमा पनि मनायो ।
कार्यक्रममा बासुदेब बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।बरालले धरान उपमहानगरमा नयाँ जनप्रतिनिधि आएपछि २० लाख मात्र बजेट विनियोजन गरेको बताए । तारा सुब्बाले एक करोड बजेट विनियोजन गरेर सबितिर चर्चा भएको बताए । धरानमा केकति पर्यटन आउछ त्यसको कुनै तथ्यांक नभएको बताए । उनको कार्यपत्रमा कृष्ण अग्रवालले टिप्पणी गरेका थिए ।
र्याफ्टिङ ब्याबसायि मदन ढकालले एक करोड छुट्याएको बजेटले केहि पनि नगरेको आरोप लगाए । त्यसको लेखाजोखा देखाउन चुनौती दिए । ढकालले पर्यटन सुचना डेस्क तिनकुनेमा राख्न भन्दा पनि नमानेको भन्दै एक करोड उपलब्धि बिहिन भएको दाबि गरे । त्यस्तो बजेट आफुहरुलाई दिन भन्दै जसको सदुपयोग गरेर देखाउने चुनौती दिए । आफुहरु पर्यटनमा कायापलट गर्ने बताए ।
पर्यटन बोर्डको सदस्य कृष्ण साहले शुभकामना दिदै कोरोनाले प्रभाव पार्ने क्षेत्र मध्ये पर्यटन नै भएको बताए । तत्कालीन तारा सुब्बा मेयरको पालामा एक करोड विनियोजन भएकोमा सबै तर्फ चर्चा भएको बताए । तर पछिल्लो समयमा धरानको पर्यटन सुन्दर हरैचासंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको बताए । उनले नेपाल पर्यटन कृषि र जलश्रोतबाट आर्थिक उन्नति गर्ने आधार रहेको बताए ।
पर्यटन ब्याबसायि राम राईले कुन सरकारले कति बजेट विनियोजन गर्यो भन्ने कुरा ठुलो नभएको बताए । उनले नियत सफा हुनुपर्ने भन्दै पर्यटन मार्टको नाममा करोड सिध्याएको आरोप लगाए । कार्यपत्र पेश गर्ने बासु बरालको नाम नै तोकेर पहिलोपटक जे भए पनि दोस्रोपटकदेखि नगरपालिकाले पनि त्यसको खोजिनिधी गर्नुपर्ने र बासुदेब बरालले त्यसको प्रगति विवरण पेश गर्नुपर्ने बताए ।पटकपटक बासुदेब बरालले मात्र चिट्ठा परेजस्तो किन पर्छ भन्दै आशंका गरे ।उनले बिजयपुर क्षेत्र बिकासको लागि शुरुदेखि आवाज उठाउदै आएको
बिकास बनेपालिले धार्मिक पर्यटन प्रवर्द्धन गर्न बिजयपुर क्षेत्र बिकास कोष गठन गर्न आग्रह गरे । उनले बोलबमकै बेला गोरु काट्ने गरेको धार्मिक सहिष्णुता बचाउनुपर्ने बताए । धार्मिक पर्यटकको तथ्यांकको लागि नगरपालिकाले पत्र लेखे तथ्यांक उपलब्ध गराउने बताए ।
उपमेयर आइन्द्र बेघाले धरान नेपालकै पुरानो नगरपालिका मध्ये एउटा भएको बताए । यहाँनेर धार्मिक सांस्कृतिक जैविक लगायतको पर्यटनको संभावना रहेको बताए । पर्यटन तर्फ बजेट घटेको गुनासोतर्फ जवाफ दिदै अघिल्लो आर्थिक वर्षको बजेटको घाटाबाट २५/२६ करोड घटेको कारण सबैमा कम विनियोजन भएको बताए । आगामी आर्थिक वर्षमा बढाइने लगिने आश्वासन दिए । धरानमा सबै जातजाति धर्म मान्ने भएकोले त्यसलाई सबैको संस्कार संस्कृति अनि अरुको अस्तित्व स्वीकार गरेर जानुपर्ने बताए ।