एमाले जसपा साझा उम्मेदवारको घरदैलो सकियो, १ गते बिशाल आमसभाको तयारी
निमा पोङ्स्युवा /नबिन सेन्चुरी
धरान । मंसिर ४ गतेको चुनाब नजिकिदै गर्दा सुनसरी १ मा एमाले जसपा संयुक्त घरदैलो कार्यक्रमलाई सम्पन्न गरेको छ ।
कार्तिक ३० गते जसपा एमालेले धरान उपमहानगरपालिकाको वडा नम्बर ९,७,१२,२ र ३ मा घरदैलो कार्यक्रम गरिएको छ । ३० गते अन्तिम घरदैलो सकेर १ गते धरान लोकतान्त्रिक चौतारीमा चुनाबि सभामा परिणत हुने तयारीमा जुटेको छ । साना साना वडा भएकोले एकै दिन पाँच वटा वडामा घरदैलो सिध्याएको हो । घरदैलोमा प्रतिनिधि सभाका साझा उम्मेदवार अशोक राई प्रदेश सभा क तर्फका प्रत्यक्ष उम्मेदवार रमेश बस्नेत सहित समानुपातिक उम्मेदवार सहभागी रहेका थिए ।
सबै वडामा मतदाताले सबै उम्मेदवारलाई खादा माला लगाएर सम्मान गरिएका थिए । धरानको मुटु भानुचोक नजिक ब्यस्त बजार जुन वडा नम्बर २ मा वडा अध्यक्ष रमेश राईले भब्य स्वागत गरे । उनले आफ्नो वडामा सबै उम्मेदवारलाई घुमाए । त्यसैगरि अन्य वडामा पनि सबै वडाका मतदाताले भब्य स्वागत गरे ।
३० गतेदेखि घरदैलो सम्पन्न गरी मंसिर १ गतेको धरानमा हुने चुनाबि आमसभाको तयारीमा जुटेका छन । सुनसरी १ को सबै दल तथा स्वतन्त्र उम्मेदवारलाई धरानलाई नै केन्द्रबिन्दु मानेर चुनाबि सभा ३० गते अगाडि सम्पन्न गरिसकेको छ ।
१ गतेको चुनावी सभाको लागि मुख्य बक्तामा प्रतिनिधि सभा उम्मेदवार तथा जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई,प्रदेश सभा क का उम्मेदवार रमेश बस्नेत ख का उम्मेदवार बिजय राई तथा समानुपातिक उम्मेदवारहरुले बिस्तृत बक्तब्य दिने पनि निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।